prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सडक सुरक्षा र एमसीसी कार्यान्वयनबारे प्रधानमन्त्रीलाई सांसद गिरीको प्रश्न
सडक सुरक्षा र एमसीसी कार्यान्वयनबारे प्रधानमन्त्रीलाई सांसद गिरीको प्रश्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन ७, २०८१ बागेश्वरी पोस्ट
सडक सुरक्षा र एमसीसी कार्यान्वयनबारे प्रधानमन्त्रीलाई सांसद गिरीको प्रश्न

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले प्रधानमन्त्री केपी ओली शर्मालाई सडक सुरक्षा र एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रश्न गरेका छन् । आज संसदमा 'प्रधानमन्त्रीसंग प्रश्नोत्तर कार्यक्रम' मा भाग लिँदै सांसद गिरीले सडक सुरक्षा सुनिश्चितताका लागि सरकारको नीति र एमसीसी कार्यान्वयनको एक बर्षे अवधिको प्रगतिबारे प्रश्न गरेका हुन् ।

दाङको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद गिरीले गत असार २८ गते लेदोसहितको पहिरोमा परी त्रिशुली नदीमा दुई वटा यात्रुबहाक बस खसेको घटनाले देश शोकमग्न भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई सार्वजनिक यातायात तथा सडक सुरक्षा सुनिश्चित गर्न सरकारको नीति के छ भनेर प्रश्न गरेका छन् । उनले प्रश्न गर्दै भने, "नेपालमा कति यात्रुबहाक सवारी साधन सञ्चालनमा छन् ? सडकहरुको अवस्था मापदण्ड अनुसारको छ कि छैन ? सडकमा चल्ने सवारी साधनको यान्त्रिक अवस्था कस्तो छ ? कुन खालको सडकमा कस्ता बहान चल्न अनुमति छ ? यातायात व्यवस्थापन र नियमन गर्ने निकायहरुको क्षमता र कार्यकुशलता आजको आवश्यता अनुसारको छ कि छैन ?"

गिरीले एमसीसी कार्यान्वयनबारे पनि जिज्ञासा राखे । उनले प्रश्न गर्दै भने, "एमसीसी कार्यान्वयन एक बर्ष हुन लाग्दैछ, पाँच बर्षभित्र सक्नै पर्ने शर्त हामीले स्वीकार गरेका छौं, यही सदनबाट हामीले पारित गरेका छौं । एक बर्षको प्रगति कस्तो छ ? यही गतिमा काम गरेर हामी पाँच बर्षभित्र काम सम्पन्न गर्न सक्छौं त ? हामीले स्वीकार गरेका शर्त अनुसार देश हितमा विकासलाई गति दिने कि नेपालीहरु आफैंले स्वीकार गरेको शर्तमा काम गर्न सक्दैनन् भन्ने इमेज बनाउने ? यदि हामीले काम गर्न सकेनौं भने यस्ता सहयोगहरु भविष्यमा पाउन अप्ठेरो पर्ला कि भन्ने विषयमा प्रधानमन्त्रीको जवाफ चाहन्छु ।" 

सांसद गिरीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले गत असार २८ गते पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खस्दा हराएका ६२ जना यात्रुमध्ये २५ जनाको शव फेला परेको जानकारी दिए । उनका अनुसार त्यस मध्ये १८ जनाको सनाखत भएको छ भने बाँकी ७ जनाको सनाखत हुन बाँकी छ । प्रधानमन्त्री ओलीले नेपाली सेना १४ जना, नेपाल प्रहरी ५६ जना र सशस्त्र प्रहरी १२६ जना गरी १९७ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेको जानकारी दिए । साथै १२ जना भारतीय गोताखोर समेत खोजीका लागि प्रयोग गरिएको उनको भनाई छ । 

प्रधानमन्त्री ओलीले सार्वजनिक यातायात तथा सडक सुरक्षा सुनिश्चित गर्न सरकारले सडक सुरक्षा विधेयकको तयारी गरी अन्तिम रुप दिने चरणमा रहेको जानकारी दिँदै राष्ट्रिय यातायात नीति हालै मन्त्रीपरिषदमा स्वीकृतिका लागि पेश भएको बताए । सडक सुरक्षाको संवेदनशिलता र यसमा सम्बन्धित क्षेत्रका सरोकारवालाको आबद्धता जरुरी भएकाले राष्ट्रिय सडक सुरक्षा परिषदलाई कानुन बमोजिम सडक सुरक्षाका विभिन्न अबयवहरुलाई व्यवस्थित तवरले कार्यान्वयन गर्ने गरी नीतिगत तथा कानुनी ब्यवस्था गरिने उनको जबाफ छ । 

प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समय पाँच बर्षभित्रै सम्पन्न गर्ने गरी कार्ययोजना स्वीकृत भई सोही अनुसार कार्य अगाडि बढेको जानकारी दिए । "आयोजनाको सबस्टेशन निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको छ । ट्रान्समिसन लाइनको सन्दर्भमा एउटा खण्डको सम्झौता हुने चरणमा पुगेको छ भने बाँकी काम तीब्र गतिमा अघि बढेको छ," उनले भने, "एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्ने गरी वित्तीय योजना ढाँचा कायान्वयन हुनेछ । प्रस्तुत आयोजना सम्पन्न भए पश्चात नेपालको उर्जा क्षेत्रको विकासमा विशेष पुग्नेछ भने सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुनेछ ।" 

 


 


प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP