prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चिडिमार टोलमा समुदाय स्तरीय अभिमुखीकरण
चिडिमार टोलमा समुदाय स्तरीय अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन ८, २०८१ बागेश्वरी पोस्ट
चिडिमार टोलमा समुदाय स्तरीय अभिमुखीकरण

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको चिडिमार समुदायलाई सरसफाईयुक्त टोल बनाउने सामूहिक प्रतिबद्धता गरिएको छ । युरोपियन युनियनको सहयोग, रेसटलेस डेभलपमेन्ट नेपाल, क्रियशन, यूथ इनोभेसन ल्यावको समन्वय र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा नाइस नेपालगन्जले आज चिडिमार टोलको पिपल चौतारामा करीब १०० बढीको सहभागितामा गरेको बातावरण संरक्षण सम्बन्धि समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।

अभिमुखीकरणको क्रममा भएको छलफलमा बोल्दै चिडिमार समाजका अध्यक्ष रामु चिडिमारले समुदायलाई सरसफाईयुक्त बनाउन समुदाय स्तरीय सचेतनामूलक अभियानहरु सञ्चालन गर्ने बताए । पहिलेको तुलनामा निकै सुधार हुँदै गएकोमा आगामी दिनमा थप स्वच्छ र सरसफाईयुक्त टोलको रुपमा चिनाउन लागिपर्ने प्रतिबद्धता गरे । कार्यक्रममा बोल्दै चिडिमार बस्ती पश्चिम टोल विकास समिति अध्यक्ष सुनिता चिडिमारले फोहोरमैला ब्यवस्थापनका बिषयमा अभिमुखीकरणबाट धेरै नयाँ कुराको जानकारी भएको बताउँदै समितिलाई थप सक्रिय बनाउँदै अभियानमुखी कार्यक्रमहरु गर्ने बताइन् । यसैगरी कार्यक्रममा बोल्दै बागेश्वरी टोल विकास समिति अध्यक्ष बुद्धिमती थारुले अभिमुखीकरणले स्थानीयलाई फोहोरमैला बर्गिकरण, सरसफाई, बृक्षारोपण लगायतका बिषयमा प्रष्ट जानकारी भएको बताइन् । उनले बागेश्वरी टोललाई पूर्ण सरसफाईयुक्त टोल बनाउन समितिमार्फत थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताइन् । अभिमुखीकरणमा सिकेको कुरालाई अन्य समुदायका सदस्यलाई समेत जानकारी गराउने उनले बताइन् ।

कार्यक्रममा बोल्दै आमा समूह संयोजक मिना केसीले फोहोरमैला ब्यवस्थापनमा महिलाको भूमिका महत्वपूर्ण हुने भएकाले सिकेको कुरालाई सबै आमा समूहका सदस्यहरुलाई जानकारी गराउने बताइन् । सो क्रममा कार्यक्रममा उपस्थित स्थानीय महिला, बिद्यार्थी तथा युवाहरुले यस्तो कार्यक्रम अन्य टोलहरुमा समेत आवश्यक रहेको भन्दै समय समयमा सञ्चालन गर्न अनुरोध गरेका थिए । उनीहरुले आफ्नो टोलको सुरक्षा र सुन्दरताका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । प्लाष्टिकजन्य फोहोरले समस्या आइरहेको बताउँदै प्लाष्टिकको प्रयोग कम गर्ने उनीहरुले प्रतिबद्धता गरेका छन् ।

घर-घरबाट निस्किने फोहोरलाई सही समयमा सही स्थानमा बिर्सजन गर्ने, आ-आफ्नो घर अगाडि सफा राख्ने, समय-समयमा टोल समितिमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने साझा सहमति गरेका छन् । सुन्दर नेपालगन्जका लागि युवा पैरबी कार्यक्रम अन्तरगत भएको समुदाय स्तरीय अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिकामा फोहोरमैला ब्यवस्थापनमा भइरहेका कार्यहरु, वातावरण विकासका कारणहरु, संरक्षणका उपायहरु, फोहारमैला ब्यवस्थापनमा ब्यक्ति तथा टोल विकास समितिहरुले गर्न सक्ने कार्यहरु लगायतका बिषयमा नाइस नेपालका अध्यक्ष हेमराज भट्टले अभिमुखीकरण गरेका थिए ।

कार्यक्रममा ग्रीन शिफ्टस् नेट जिरो कार्बन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलारिटी परियोजनाका बिषयमा क्रियशन नेपालका महेन्द्र उप्रेतिले जानकारी गराएका थिए । कार्यक्रममा क्रियशनका दिक्षा ढकाल, आशिष घिमिरे, युनिस घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नाइस नेपालगन्जका सहसचिब माधब कुमार कार्कीले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP