Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • द्वन्दपीडितलाई आयआर्जनमा जोड्ने काम गरिरहेका छौंः अध्यक्ष पौडेल
द्वन्दपीडितलाई आयआर्जनमा जोड्ने काम गरिरहेका छौंः अध्यक्ष पौडेल
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २४, २०८१ बागेश्वरी पोस्ट
द्वन्दपीडितलाई आयआर्जनमा जोड्ने काम गरिरहेका छौंः अध्यक्ष पौडेल

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले द्वन्दपीडितका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् । नेपाल पिसबिल्डिंग इनिसियटिभले आज नेपालगञ्जमा आयोजना गरेको 'न्याय र परिपूरणमा मिडिया संलग्नता र फेलोशिप कार्यक्रम' मा अध्यक्ष पौडेलले शिक्षातर्फ द्वन्दपीडितका सन्तानलाई स्नातक तहमा समेत छात्रबृत्तिको ब्यवस्था गरिएको बताए । 

स्वास्थ्यमा सहज पहुँचका लागि राहत कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले द्वन्दपीडितहरुको न्यायमा पहुँचका लागि पनि पैरवी गरिरहेको उल्लेख गरे । "कार्यविधि नै बनाएर द्वन्दपीडितका पक्षमा काम गरिरहेका छौं, अध्यक्ष पौडेलले भने, आयआर्जनमा जोड्ने गरी काम गरिरहेका छौं, सबै कार्यक्रममा द्वन्दपीडितलाई समेटेर लैजाने नीति बनाएका छौं ।" उनले पालिकामा पालिका स्तरीय र वडा स्तरीय सञ्जाल बनेको उल्लेख गर्दै त्यसलाई पािलकाको अंगको रुपमा स्वीकार गरिएको समेत बताए । वास्तविक पीडितका लागि पालिकाले काम गर्ने बताउँदै उनले कतिपय द्वन्द र परिवर्तनसंग नजोडिएका ब्यक्ति पनि सहिदको सूचीमा समेटिएको देख्दा भने आफू आश्चर्यमा परेको उल्लेख गरे । 

द्वन्दपीडित तथा एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष एकमाया विश्वकर्माले ढिलै भए पनि प्रमुख राजनीतिक दलहरुबीच भएको सहमतिले न्याय पाउने आशा जागृत गरेको बताइन् । उनले संसदबाट विधेयक पारित भएपछि पीडितले सही अर्थमा न्याय पाउने गरी कार्यविधि बन्नुपर्नेमा जोड दिइन् । द्वन्दपीडितका लागि शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयमा आरक्षण नभई ग्यारेण्टी गरिनुपर्नेमा विश्वकर्माको जोड छ । लामो समयदेखि विवाद गराइएको सुरक्षाकर्मीको पीडित परिवारलाई पनि राहत दिने विषयमा सहमति जुट्नु सुखद पक्ष भएको भन्दै उनले अब कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् । 

न्यायका लागि द्वन्दपीडित सञ्जाल बैजनाथ गाउँपालिका बाँकेकी सचिव पार्वती बुढाले राजनीतिक पूर्वाग्रहबाट मुक्त आयुक्त नियुक्ति गरेर स्वच्छ ढंगले न्याय निरुपणको काम गर्नुपर्नेमा जोड दिइन् । स्मृतिकरण भन्दा पनि द्वन्दपीडितलाई आर्थिक सहायता आवश्यक देखिएको उनको भनाई छ । बुढाले स्थानीय सरकारले स्वेच्छिकरुपमा द्वन्दपीडितलाई सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा नेपाल पिसबिल्डिंग इनिसियटिभकी कार्यक्रम ब्यवस्थापक मिबुशा घिमिरेले संस्थाको कार्य क्षेत्र, गतिविधि, हालसम्मका उपलब्धि, स्थानीय सरकारले गरेका कामहरु, सरकारसंग द्वन्दपीडितका अपेक्षा र गुनासा, मिडियाको भूमिका लगायतका विषयमा प्रस्तुतिकरण गरेकी थिइन् । त्यस अवसरमा नेपाल पिसबिल्डिंग इनिसियटिभका प्रमुख सुविन्द्र बोगटीले द्वन्दपीडितका मुद्दाहरु मिडियामार्फत उजागर गरेर समाधानमा केन्द्रित हुन सघाउ पुग्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा डेढ दर्जन बढी पत्रकारहरुको उपस्थिति थियो । नेपाल पिसबिल्डिंग इनिसियटिभले संक्रमणकालीन न्याय सम्बन्धि विषयमा पत्रकारहरुलाई फेलोशिप पनि दिँदै आएको छ । 

नेपाल पिसबिल्डिंग इनिसियटिभले बाँकेमा राप्तीसोनारी र बैजनाथ गाउँपालिकालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ । यस बाहेक दांगको बंगलाचुली र दंगीशरण गाउँपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका तथा रोल्पाको सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिका पनि कार्य क्षेत्र हो । 

May be an image of 9 people, chess and table


प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP