prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेले सुशील कोइरालाको जन्यजयन्तिमा आश्रममा खाना खुवायो
कांग्रेस बाँकेले सुशील कोइरालाको जन्यजयन्तिमा आश्रममा खाना खुवायो
banijya office
जानकी गाउँपालिकामा बृक्षारोपण
बागेश्वरी पोस्ट
सोमबार, साउन २८, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेले सुशील कोइरालाको जन्यजयन्तिमा आश्रममा खाना खुवायो

नेपालगञ्ज । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री संविधान पिता स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तिमा नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाएको छ । आज ८६औं जन्मजयन्तिको अवसर पारेर नेपालगञ्ज वडा नम्बर ९ शान्तिनगरस्थित निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको हो ।

पार्टीका दिवंगत नेताहरुको जन्मजयन्ति र स्मृति दिवसहरुमा नियमित कार्यक्रम गर्दै आइरहेको नेपाली कांग्रेस बाँकेले औपचारिकसंगै विभिन्न सामाजिक एवम् रचनात्मक कार्यहरुलाई प्राथमिकता दिँदै आएको छ । यसैक्रममा संविधान पिता स्वर्गीय कोइरालालाई स्मरण गर्दै आज निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको हो ।

nepalgunj 081-082

May be an image of 11 people and text

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले सुशील कोइरालाको सादगी जीवनशैलीको अनुशरण गर्नुपर्नेमा जोड दिए । गौडेलले पार्टीलाई सामाजिक सेवाभावमा पनि जोड्ने उद्देश्यका साथ यस प्रकारका कार्यक्रम गर्दै आइरहेको बताए । सुशील कोइरालाको प्रेरणा र मार्गदर्शन कांग्रेसजनका निम्ति सदा अनुकरणीय रहेको भन्दै उनले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर संविधान जारी गर्ने कोइराला नेपाली राजनीतिमा सदा स्मरणीय रहने बताए । "जहाँ दुःख छ, जहाँ पीडा हुन्छ, जुन ठाउँमा विपद आइपर्छ, त्यहाँ कांग्रेस उभिनुपर्दछ," गौडेलले भने-"यही मन्त्रका साथ लाग्न नेता कार्यकर्तालाई आग्रह गर्दछु ।" निलसागर सेवा आश्रमले सहाराविहिनहरुलाई सेवा प्रदान गरेर पूण्य काम गरिरहेको गौडेलले बताए ।

May be an image of 4 people, dais, temple and text

नेपाली कांग्रेस बाँकेका पूर्व सभापति एवम् नेपाल सरकारका पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले सुशील कोइराला कांग्रेसको गर्विलो नेता भएको स्मरण गर्दै कोइरालालाई प्रधानमन्त्री पाउनु बाँकेबासीका लागि अहोभाग्य भएको बताए । कार्यक्रममा पार्टी सभापति गौडेलले मानव सेवा आश्रमकी अध्यक्ष सरिता खनाललाई पार्टीको तर्फबाट १५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । दीप प्रज्ज्वलन तथा स्वर्गीय कोइरालाको तस्बीरमा माल्यार्पण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

May be an image of 6 people, temple, dais and wedding

जिल्ला सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा महासमिति सदस्य लक्ष्मी नारायण शाह, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली (बादी), जिल्ला सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद कुमार थारु, जिल्ला सदस्य उमा थापा मगर लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यालय सचिव अमित कँडेलले जानकारी दिए । निलसागर सेवा आश्रममा हाल २३५ जना आश्रित छन् ।

May be an image of 6 people and textMay be an image of 5 people, dais and text

यसैबीच स्वर्गीय कोइरालाको जन्मजयन्तिमा जानकी गाउँपालिकामा बृक्षारोपण गरिएको छ । कांग्रेस जानकी गाउँपालिका कार्यसमितिको आयोजनामा मानपुरस्थित कन्या विद्यालयमा बृक्षारोपण गरिएको हो । पालिका सभापति दयाराम यादवको अध्यक्षता एवम् कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता र जिल्ला सभापति गौडेलको बिशिष्ट आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, महासमिति सदस्य मेघराज ओली, उमा थापा, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ लगायतको उपस्थिति थियो । 

May be an image of 13 people and text

 


प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP