prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा युवा दिवस मनाइयो, बास/ब्राइटल्याण्ड युवा पुरस्कार परियारलाई
नेपालगञ्जमा युवा दिवस मनाइयो, बास/ब्राइटल्याण्ड युवा पुरस्कार परियारलाई
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २८, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा युवा दिवस मनाइयो, बास/ब्राइटल्याण्ड युवा पुरस्कार परियारलाई

नेपालगञ्ज । लुम्बिनी प्रदेशका निबर्तमान सामाजिक बिकास मन्त्री रत्न खत्रीले तीन वटै तहका सरकारलाई युवामैत्री बनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को अवसरमा आज नेपालगञ्जमा भएको डिजिटल प्रविधिमा युवा, किशोर किशोरीको पहुँच बिषयक अन्तरसम्बाद कार्यक्रम तथा बास÷ब्राइटल्याण्ड युवा पुरस्कार २०२४ प्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खत्रीले सो कुरा बताएका हुन् । राज्यले युवाको मनोभावना अनुसार काम गर्नुपर्ने बताउँदै उनले युवाहरुले मात्रै देश बनाउन सक्ने बताए । डिजिटल प्रविधिको सदुपयोग गर्न युवाहरुलाई अनुरोध गर्दै खत्रीले बदलिएको दुनियाँमा सबै बदलिएर काम गर्नुपर्नेमा जोड दिए । आफू सामाजिक मन्त्रीको जिम्मेवारीमा रहेका बेला बाँकेबाट प्राप्त युवाहरुका मागहरु सम्बोधन गर्ने गरी केही नीति तथा कार्यक्रम पास गरेको उनले बताए । उनले युवाहरुलाई धैर्यताका साथ काम गर्न अनुरोध गर्दै युवा दिवसको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष समिर प्रताप सिंहले युवाहरुका समस्या समाधान गर्न नेपालगञ्ज उपमहानगरपालिकामार्फत आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । बास नेपालका सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले आजको युवाले प्रविधिको गुण र दोषका बारेमा बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । गैरसरकारी संस्था महासँघ बाँके शाखाका सदस्य आशिष बर्माले युवाहरुका माग संसदमा राखिदिन खत्रीलाई अनुरोध गरे । केयर नेपालका प्रदेश संयोजक उपासना श्रेष्ठले निर्णय प्रक्रियामा युवाको सहभागिता सुनिश्चित हुनुपर्ने भन्दै युवाहरुले आफ्नो जीवनको निर्णय आफैं गर्नुपर्नेमा जोड दिइन् । बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा आयोजक संस्थाहरुको तर्फबाट बास नेपालका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश गैसस महासँघ बाँकेका सदस्य राजन बर्माले गरेका थिए भने डिजिटल प्रविधिमा युवाका बिषयमा भायोनेटका लुम्बिनी प्रदेश संयोजक भानु रेग्मीले प्रस्तुतिकरण गरेका थिए । सो बिषयमा युवाहरुका बीचमा खुल्ला छलफल गरिएको थियो । 

यसैबीच बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२४ मानवीय कार्यमा सक्रिय युवा सुनिल परियारले हासिल गरेका छन् । बास नेपाल र ब्राइटल्याण्ड स्कुल नेपालगञ्जको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष परियारले प्राप्त गर्न सफल भएका हुन् । ब्लड डोनेसन ग्रुप बाँकेका सञ्चालक समेत रहेका परियारले सम्मान पत्र, ट्रफीसहित नगद १५ हजार प्राप्त गर्न सफल भएका छन् । परियारलाई लुम्बिनी प्रदेशसभा सदस्य प्रमुख अतिथि खत्री लगायतका अतिथिहरुले पुरस्कृत गरेका थिए । युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सृजनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, संघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सूचकका आधारमा परियारलाई छनौट गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास/ब्राइटल्याण्ड युवा पुरस्कारको पृष्ठभुमि, कार्यक्रमको उद्देश्यसंगै बास÷ब्राइटल्याण्ड युवा पुरस्कार २०२४ को घोषणा गरेका थिए । पुरस्कार प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि खत्रीले व्यक्तिलाई उसको इच्छाशक्ति, निरन्तरता र परिश्रमले सफल बनाउने बताए । परियारको जीवन निकै संघर्षमय भएको भन्दै उनले पाएको सम्मान युवाहरुका लागि अनुशरणीय हुने उनको विश्वास थियो । 

बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२४ प्राप्त गर्न सफल ब्यक्तित्व परियार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका छन् । कोभिडको दोश्रो लहर शुरु हुँदा नेपालगञ्ज ग्यालरीको प्रभावले उनले रगतको अभाव परिपूर्ति गर्न २०२० जुलाई २० मा ब्लड डोनेसन ग्रुप बाँके खोलेका थिए । रक्तदान कार्यक्रम नगरी बिरामीहरुलाई आवश्यक भएको बेला ग्रुपमा रगत दिने गरेको बताउँदै हालसम्म उनको सक्रियतामा सञ्चालित ग्रुपमा १० हजार २ सय १७ सदस्य रहेको र उक्त ग्रुपमार्फत १ हजार २ सय ८१ प्रिन्ट रक्तदान गरिसकेका छन् । उनको ग्रुप मार्फत हाल एकै ब्यक्तिले ३६ पटक रक्तदान गरिसकेको छ । अन्य ग्यालरी धेरै भए पनि रक्तदानको ग्यालरी नभएको बेला उनले निश्वार्थरुपमा सञ्चालन गरेको ग्रुपमा रेडक्रसबाट समेत फोन आउने गरेका छन् । २०११ देखि बास युवा पुरस्कारको नामले शुरु गरेको पुरस्कारमा २०१२ देखि ब्राइटल्याण्ड स्कुल नेपालगञ्जले सहकार्य गर्दै आएको छ ।  यो पुरस्कार २०११ मा क्रिकेटर बिनु बुढा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रशान्त केसी, २०१४ मा शैक्षिक उद्यमी किशोर मल्ल, २०१५ मा कलाकार राज बहादुर साने, २०१६ मा मुस्लिम युवा अभियन्ता शवनम प्रबिन, २०१७ मा हरित अभियन्ता हेमन्तराज काफ्ले, २०१८ मा लागूऔषध अभियन्ता अभिराज क्षेत्री, २०१९ मा पत्रकार कमल खत्री, २०२१ मा युवा अभियन्ता आशिष बर्मा, २०२२ मा निल सागर सेवाश्रमका अध्यक्ष सरिता खनाल र २०२३ मा युवा बिनोद थापालाई प्रदान गरिएको थियो ।


प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP