नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लागूऔषध विरुद्धका अभियन्ता बिसी सम्मानित
लागूऔषध विरुद्धका अभियन्ता बिसी सम्मानित
बागेश्वरी पोस्ट
मंगलबार, साउन २९, २०८१ बागेश्वरी पोस्ट
लागूऔषध विरुद्धका अभियन्ता बिसी सम्मानित

नेपालगञ्ज । लामो समयदेखि लागूऔषध विरुद्ध अभियन्ताका रुपमा काम गरिरहेका प्रविण बिसी सम्मानित भएका छन् । दमयन्ति फाउन्डेशन नेपाल बाँकेले अभियन्ता बिसीलाई आज एक कार्यक्रमको आयोजना गरेर सम्मान र पुरस्कृत गरेको हो ।

८औं नयनराज रावल स्मृति दिवसको अवसरमा जिल्ला प्रशासन बाँकेका प्रमुख खगेन्द्र प्रसाद रिजाल, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, सशस्त्र प्रहरी बल महेन्द्रनगरका एसपी बिमल डाँगी एवम् दमयन्ति फाउन्डेशन नेपाल, बाँकेकी अध्यक्ष इन्द्राकुमारी जिसीले अभियन्ता बिसीलाई उनले निरन्तर गरेको सामाजिक कार्यको कदर गर्दै खादा ओढाएर सम्मान गर्दै नगद १० हजार १ रुपैयाँले पुरस्कृत गरेका हुन् । दमयन्ति फाउन्डेशनकी अध्यक्ष जिसीका अनुसार उनका श्रीमान नयनराजले आमाको नामबाट असहाय, अशक्त र गरिब व्यक्तिलाई सयोग गर्ने उद्देश्यले यस फाउन्डेशनको स्थापना गरेका थिए । त्यसैले नयनराजको स्मृति दिवसका अवसरमा हरेक वर्ष सामाजिक कार्यमा उल्लेखनीय काम गर्दै आइरहेका व्यक्तिहरुलाई दमयन्ति फाउन्डेशनले सम्मान र पुरस्कृत गर्दे आएको जिसीले बताइन् । 

सम्मानपछि बोल्दै अभियन्ता बिसीले बाँकेमा लागूऔषध विरुद्धको अभियानमा नयनराजको कार्यलाई सम्झिँदै आफूलाई पनि नयनराजले लागूऔषध विरुद्धको काम गर्न प्रेरित गरेको बताए । साथै उनले पुरस्कार स्वरुप प्राप्त गरेको १० हजार १ रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको शुक्र माध्यमिक विद्यालयलाई प्रदान गर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले बाँकेमा लागूऔषधको अवस्था चिन्ताजनक रहेको बताउँदै बिसीले लागूऔषधको क्षेत्रमा प्रभावकारी काम गर्दै आइरहेको बताए । 

को हुन् अभियन्ता प्रविण बिसी ?
 
अभियन्ता प्रविण बिसीले विगत १६ वर्षदेखि बाँकेमा लागूऔषध विरुद्ध काम गर्दै आइरहेका छन् । आफू स्वयम् लागूऔषध प्रयोगकर्ता रहेको बताउँदै लागूऔषध कुनै अपराध नभएर बिरामी रहेको र यसको प्रयोग गर्ने जो कोहीलाई पनि उपचारको माध्यमबाट छुटकारा दिन सकिने उनको भनाई छ । प्रविणले लागूऔषध विरुद्धको काम २०६६ सालदेखि सुरु गरेका हुन् । सुरुमा उनले परिवर्तन समूह बाँकेको उपसमितिको सदस्य भएर काम गर्न सुरु गरेका थिए । त्यसपछि २०६८ सालमा रिकभरिङ्ग नेपालको साविक मध्य तथा सुदूरपश्चिमको वित्तीय व्यवस्थापक तथा प्रवक्ताका रुपमा काम गरे । 

२०६९ सालमा नेपालगञ्जमा रहेको भेरी अस्पतालबाट सञ्चालित मेथाडन, मौखिक (ओएसटी) उपचार पद्धतिको परामर्शदाताको पनि भूमिका निभाए । २०७४ सालमा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशको फोकल पर्सन र सोही सालदेखि परिवर्तन समूह बाँकेको अध्यक्षका रुपमा हालसम्म काम गर्दै आइरहेका छन् । यसका अलावा उनले आफ्नै दिदीको नामबाट स्थापित लता केयर फाउण्डेशनको अध्यक्षको रुपमा पनि काम गरिरहेका छन् । लता केयरले पनि लागूऔषध विरुद्ध काम गर्ने गर्छ । यो १६ वर्षको अवधिमा प्रविणले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा ४ हजार बढीलाई परामर्श तथा सहयोग गरिसकेका छन् भने करीब १ हजार जना लागूऔषध प्रयोगकर्तालाई उपचार प्रदान गरिसकेका छन् ।


प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP