नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • १६ बुँदे घोषणा पत्र जारी गर्दै शिक्षक संघको २२ औं प्रतिनिधी सभा सकियो
१६ बुँदे घोषणा पत्र जारी गर्दै शिक्षक संघको २२ औं प्रतिनिधी सभा सकियो
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १७, २०७६ बागेश्वरी पोस्ट
१६ बुँदे घोषणा पत्र जारी गर्दै शिक्षक संघको २२ औं प्रतिनिधी सभा सकियो

नेपालगन्ज। सरकारले शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउनुपर्ने ब्यवस्था लागु गर्नुेपर्ने मागसहित नेपाल शिक्षक संघ बाँकेको २२ औं प्रतिनिधी सभाले १६ बुँदे घोषणा पत्र जारी गरेको छ ।

शिक्षकलाई चौमासिक र त्रैमासिक रुपमा तलब खुवाउने परिपाटी अन्त्यका लागि बाँकेबाट अभियानकै रुपमा देशभर लैजानुपर्ने घोषणा पत्रमा उल्लेख छ । शिक्षकले अझैपनि चौमासिक र त्रैमासिक रुपमा तलब पाउने गरेका छन् ।

यस्तै स्थानीय तहमा शिक्षकको नेतृत्व विकासका लागि तालिम तथा प्रशिक्षण, संघको सदस्यता नविकरण, शिक्षकको दरबन्दी मिलानमा सहयोग गर्ने घोषणा पत्रमा समेटिएको छ । यसैगरी बाल विकास, राहत, साविक उच्च माध्यामिक तह अनुदान, बिद्यालय कर्मचारी र बाल विकास शिक्षकको सेवा सुविधा बृद्धिका लागि स्थानीय तथा संघिय सरकारसँग पहल गर्ने, शिक्षकको कार्यसम्पादन मुल्यांकन फारामलाई यथाशिघ्र प्रक्रियामा अगाडी बढाउने, मे १ मा श्रमिक दिवस भब्य रुपमा मनाउने, लोकतन्त्र तथा मानव अधिकार सचेतना कार्यक्रम सञ्चालन गर्ने लगायत बुँदा घोषणा पत्रमा उल्लेख छ ।

शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवको सभापतित्व एवम नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको प्रमुख आतिथ्यतामा शनिबार आयोजित प्रतिनिधी सभाको उद्घाटन कार्यक्रममा बोल्ने अधिकांस बक्ताले शिक्षकलाई राज्यले अझैपनि दोस्रो दर्जाको नागरिकको रुपमा लिने गरेको बताएका थिए ।

शिक्षकको हक, अधिकार प्राप्तीका लागि संघले नेतृत्वदायी भुमिका खेल्नुपर्ने उनीहरुको सुझाव थियो । प्रतिनिधी सभामा कांग्रेस सभापति कोइरालासहित, टे«ड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्ल, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दोर्ण ओली, महासंघ बाँकेका अध्यक्ष पवन यादव, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, शिक्षक संघ प्रदेश पाँचका सल्लाहकारद्धय बलराम यादव र ललिता उपाध्याय, पुर्वशिक्षक किरण आचार्य, शिक्षक महासंघ बाँकेका पुर्वसह–सचिव कृष्णा पाठक लगायतले सम्बोधन गरेका थिए ।

ऋषिराज शर्माले सञ्चालन गरेको प्रतिनिधी सभामा बाँकेका ८ वटै स्थानीय तहमा रहेका शिक्षक संघका कार्यसमिति, पदाधिकारी तथा प्रतिनिधी लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  २२:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP