नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मन्त्री कुर्मीले बाँकेबाट सुरु गरे वृक्षारोपण अभियान
मन्त्री कुर्मीले बाँकेबाट सुरु गरे वृक्षारोपण अभियान
बागेश्वरी पोस्ट
सोमबार, भदौ ३, २०८१ बागेश्वरी पोस्ट
मन्त्री कुर्मीले बाँकेबाट सुरु गरे वृक्षारोपण अभियान

नेपालगञ्ज । 'कल्पवृक्ष' रोप्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले 'घरघरमा विरुवा, टोलटोलमा वृक्षारोपण' अभियान शुभारम्भ गरेका छन् । आयोजक डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख विरेन्द्र रोकाले अभियान अन्तर्गत बाँके जिल्लाका सामुदायिक विद्यालय, धार्मिक स्थल, निजी घरमा वृक्षारोपण गरिने योजना रहेको बताए । अभियानका क्रममा अमला, निम, सितलचिनी, टंकी, सिसौ, पारिजातको फुल, कल्पवृक्ष र श्रीखण्डका विरुवा रोपिने उनले बताए । अभियानको पहिलो दिन जानकी गाउँपालिका वडा नम्बर ४ मा रहेको इमला बाबा जंगली दास आश्रम राम जानकी मन्दिर, खजुरा वडा नम्बर २ के गाउँस्थित नव भगवती मन्दिर, हरित सिर्जना सामुदायिक वन उपभोक्ता समूहको कार्यालय, जगनिया माता मन्दिर, खजुरा गाउँपालिका वडा नम्बर ५ मा रहेको माई भगवती मन्दिरमा वृक्षारोपण गरिएको छ । 

अभियानका क्रममा वातावरणीय असरलाई कम गर्दै मानिसलाई स्वस्थ रहन सहयोग गर्ने विरुवाहरु रोपिने वन तथा वातावरण मन्त्री कुर्मीले बताए । उनले भने,‘वातावरण राम्रो भयो भने हामी सम्पूर्ण कुरा गर्न सक्छौं । स्वास्थ्य राम्रो भएन भने हामी केही गर्न सक्दैनौं । अहिले प्रमुख समस्या भनेको वातावरण प्रदुषण हो । यसलाई कम गर्न वृक्षारोपण आवश्यक छ ।’ वृक्षारोपण भनेको पुण्य काम भएकोले यसमा सबै नागरिकको साथ, सहयोग र सहकार्य चाहिने मन्त्री कुर्मीले बताए । वृक्षारोपण अभियान अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा वातावरण प्रदुषणलाई कम गर्ने खालका विरुवाहरु वृक्षारोपण गरिने उनले जानकारी गराए । 

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न हरेक वर्ष वृक्षारोपण अभियान महत्वपूर्ण हुने डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेका निमित्त प्रमुख रोकाले बताए । मन्त्री कुर्मीले एकै दिन पाँच स्थानमा वृक्षारोपण गरेर सुभारम्भ गरेको अभियान प्रभावकारी रुपमा अगाडि बढ्ने डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले बताए । आइतबार बाँकेको क्षेत्र नम्बर ३ मा भएको वृक्षारोपण अभियानको सहजीकरण राझा सव डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत राज बहादुर चौधरीले गरेका थिए । बाँकेमा सुरु भएको वृक्षारोपण अभियानमा पारिवारिक निजी वन संघ नेपाल बाँके, निजी वन सरोकार संघ बाँकेले पनि सहजीकरण गरिरहेका छन् । अभियानको शुभारम्भ कार्यक्रममा पारिवारिक निजी वन संघ नेपाल बाँके अध्यक्ष सुनिल घिमिरे, निजी वन सरोकार संघ बाँके अध्यक्ष अमर रावतको पनि सहभागिता रहेको थियो ।  


 


प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP