Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तरुण दलद्वारा गृहमन्त्रीलाई ज्ञापन, खुँडा प्रहार गरी गम्भीर घाइते बनाउनेलाई कडा कारबाहीको माग
तरुण दलद्वारा गृहमन्त्रीलाई ज्ञापन, खुँडा प्रहार गरी गम्भीर घाइते बनाउनेलाई कडा कारबाहीको माग
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ ७, २०८१ बागेश्वरी पोस्ट
तरुण दलद्वारा गृहमन्त्रीलाई ज्ञापन, खुँडा प्रहार गरी गम्भीर घाइते बनाउनेलाई कडा कारबाहीको माग

नेपालगञ्ज । नेपाल तरुण दल बाँकेले बाँके प्रशासनमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलले आफ्ना कार्यकर्तामाथि धारिलो हतियार (खुँडा) प्रहार गरी गम्भीर घाइते बनाउनेलाई कडा कारबाहीका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । जिल्ला अध्यक्ष विरेन्द्र बहादुर शाहको नेतृत्वमा नेपाली कांग्रेस बाँके पार्टी कार्यालय नेपालगञ्जबाट शान्तिपूर्ण प्रदर्शनसहित निस्केको र्याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रशासन पुगेर सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीमार्फत गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको सचिव विनोद रिजालले जानकारी दिए ।

May be an image of 10 people and text

भदौ १ गते साँझ राप्तीसोनारी ५ विनौमामा राप्तीसोनारी २ का सन्दीप विष्ट र बैजनाथ ७ का सुलभ मल्लमाथि ज्यान मार्ने उद्देश्यले राप्तीसोनारी २ का ज्ञानेन्द्र राज वली 'ज्ञानु' को नेतृत्वमा रहेको १०/१५ जनाको एक समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको पीडितको भनाई छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राप्तीसोनारी वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका 'ज्ञानु' लगायत चार जनालाई पक्राउ गरिसकेको छ । राप्तीसोनारी २ अगैयाका नारायण डाँगी लगायत केही अझै फरार छन् । घाइते विष्टकी श्रीमती चेतना पुरी विष्टले ज्यान मार्ने उद्योगमा ९ जना विरुद्ध जिल्ला प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । तरुण दलले घटनामा संलग्न सबैलाई कडा कारबाहीका लागि ध्यानाकर्षण गराएको हो । तरुण दलले उक्त समूहलाई पेशेबर आपराधिक समूहको संज्ञा दिँदै विगतमा पनि त्यस समूहबाट आपराधिक क्रियाकलाप हुँदा समेत मुद्दा कमजोर बनाएर रिहा गर्ने गरिएको स्मरण गराएको छ । घटनामा संलग्न पेशेबर अपराधीहरुलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । कुनै पनि बहानामा पनि मुद्दा कमजोर बनाई रिहा गर्ने चेष्टा नगर्न तरुण दलले चेतावनी दिएको छ । "घटनामा संलग्न पेशेबर अपराधीलाई बचाउने प्रयास गरिए नेपाल तरुण दल बाँके चुप लागेर बस्ने छैन," ज्ञापनपत्रमा भनिएको छ-"देशैभर आन्दोलन चर्काउन बाध्य हुनेछौं ।"

May be an image of text

तरुण दलले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै औषधि उपचारको प्रबन्ध मिलाइदिन माग समेत गरेको छ । समाजमा शान्ति सुब्यवस्था कायम गर्न तथा पीडित परिवारको सुरक्षाका लागि पनि ध्यानाकर्षण गराइएको छ । घाइतेहरुको लखनउमा उपचार भइरहेको छ । ज्ञापनपत्र बुझाइसकेपछि आयोजित कोणसभालाई नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, तरुण दल अध्यक्ष शाह, क्षेत्र नम्बर २ का अध्यक्ष धनराज बर्मा, नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाह, घाइते विष्टकी आमा र श्रीमती तथा अर्का घाइते मल्लकी श्रीमतीले सम्बोधन गर्दै घटनामा संलग्न भएकालाई कडा कारबाहीको माग गरेका छन् ।   


प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP