नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खजुरामा १९औं तीज महोत्सव हुने, तयारीलाई तीब्र पारियो
खजुरामा १९औं तीज महोत्सव हुने, तयारीलाई तीब्र पारियो
बागेश्वरी पोस्ट
शनिबार, भदौ ८, २०८१ बागेश्वरी पोस्ट
खजुरामा १९औं तीज महोत्सव हुने, तयारीलाई तीब्र पारियो

नेपालगञ्ज । विगत १८ वर्षदेखि निरन्तर तीज महोत्सवको आयोजना हुँदै आएको बाँकेको खजुरामा यस वर्ष पनि तीज महोत्सवको १९औं श्रृङ्खला हुने भएको छ । यस वर्ष धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माण सहयोगार्थ महोत्सव गर्न लागिएको आयोजकले लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

पश्चिम नेपालकै एक मात्र विराट लक्ष्मीनारायण दिब्यधाम निर्माणको सहयोगार्थ महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा १९औ तीज महोत्सव २०८१ गर्न लागिएको समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । परापूर्वकालदेखि खजुरामा हुँदै आएको तीजको जमघटलाई विगत १८ वर्षदेखि महोत्सवकारुपमा खजुरामा आयोजना गरिँदै आएको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले यस वर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रित हुने बताए । 

हराउँदै गएको मौलिकतालाई जोगाउन यस वर्ष पूर्णरुपमा मौलिक सामूहिक तीज नृत्य र मौलिक सामूहिक गीत प्रतियोगिता राखिएको सांस्कृतिक समितिका संयोजक मानबहादुर भण्डारीले बताए । तीजका नाममा आएका छाडा र उच्छृंखल गीत संगीतले समाजमा बिकृति उत्पन्न गरेको बताउँदै भण्डारीले खजुराको महोत्सवमा मौलिकता र परम्पराको झल्को पस्किने प्रयास गरिने जानकारी दिए । 

यस वर्षको महोत्सवको सहयोग पूर्णरुपमा धार्मिक कार्यमा लगानी हुने भएकाले मन फुकाएर सहयोग गर्न आर्थिक समितिका संयोजक विजय बुढाथोकीले आह्वान गरे । दाताहरुले सहयोग गर्ने एक एक रुपैयाँ लक्ष्मी नारायणधाम निर्माणमा प्रयोग गरिने उनले बताए । उनले समाजमा विशिष्ट योगदान गर्ने ब्यक्तित्वलाई सम्मान गरिने जनाउँदै मौलिक भेषभुषामा आउने दर्शकबाट समेत एक जनालाई पुरस्कृत गरिने बताए । 

यस वर्ष स्टल राख्ने उद्योगी ब्यवसायीलाई आयोजकले स्थानको ब्यवस्था गरिने जानकारी दिँदै आयोजक समितिका सदस्य सचिव सुरेश खत्रीले हजारौं महिला दिदीबहिनीहरुकाबीच आआफ्नो उत्पादनको प्रचार गर्न पनि सकिने बताए । त्यससँगै मौलिक र रैथाने परिकारका स्टलहरुबाट परम्परागत खानाको स्वाद समेत महोत्सवमा उपलब्ध हुने उनले जनाए । 

तीजका दिन (भाद्र २१) गते एक दिन संचालन हुने महोत्सवमा लाखे नाच, स्थानीय कलाकारहरुको अप्रतियोगी गीत तथा नाच पनि प्रदर्शन हुने आयोजकले जनाएको छ । तीज महोत्सवमा हरेक वर्ष खजुरामा स्वतःस्फुर्त हजारौंका संख्यामा महिला पुरुषको जमघट हुने गरेको छ ।


प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP