Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको 'धार्मिक पर्यटन मार्ग' योजना अलपत्र
धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको 'धार्मिक पर्यटन मार्ग' योजना अलपत्र
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १४, २०८१ बागेश्वरी पोस्ट
धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको 'धार्मिक पर्यटन मार्ग' योजना अलपत्र

बाँके । बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीय स्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको मदन भण्डारी धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताए ।

उनका अनुसार बाँकेका ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउने गरी पर्यटन मार्गको कल्पना गरिएको छ । यो धार्मिक पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित वर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई राखिएको छ ।

त्यसैगरी कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पुर्याउने र अन्तिममा गाभर क्षेत्रमा रहेको पारिजात बगानमा पुर्याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताए । “जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचारप्रसार र संरक्षण नहुँदा जीर्ण भएका छन् भने जिल्लामै रहेका त्यस्ता धार्मिक पर्यटकीय स्थलका बारेमा जिल्लावासीलाई जानकारी नभएको अवस्था छ”, अध्यक्ष भुसालले भने, “धार्मिक पर्यटकीय क्षेत्रको प्रचार गर्ने जिल्लावासीलाई घुमाउने र संरक्षण गर्न समिति प्रयासरत रहेको छ ।”

पर्यटन मार्ग बनाएर प्रचारप्रसार गर्दा एकैपटक धेरै धार्मिकस्थलको अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन प्रवर्द्धनमा सकरात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवर्द्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । धार्मिक पर्यटन मार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँगाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । उनले गाभरमा रहेको पारिजात बगानलाई समेत मार्गमा समेटिएकाले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरे ।

बाँकेमा अहिले ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बाबा वर्फानी, भुवरभवानी लगायत पर्यटकीय क्षेत्रमा दैनिकजसो सर्वसाधारण जाने गरेका छन् भने नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा भीड लाग्ने गरेको छ । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्नेगरी काम गर्न चालू आथिक वर्षमा रु. एक करोड बजेट विनियोजन भएको बताए । उक्त वजेट बाँकेको ग्रामीण क्षेत्रका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउने गरी पर्यटन मार्ग निर्माणमा कार्यान्वयन गरिने उनको भनाई छ । रासस


प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP