नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले भने-नेतृत्वमा रहिरहन पार्टी कार्यकर्ताबाटै मलाई प्रेसर छ
प्रचण्डले भने-नेतृत्वमा रहिरहन पार्टी कार्यकर्ताबाटै मलाई प्रेसर छ
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १६, २०८१ बागेश्वरी पोस्ट
प्रचण्डले भने-नेतृत्वमा रहिरहन पार्टी कार्यकर्ताबाटै मलाई प्रेसर छ

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पंक्ति र जनभावना अनुसार आफू अझै केही समय अध्यक्षमै रहिरहने बताएका छन् । प्रेस सेन्टर बाँकेले आज विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्ता र जनस्तरको भावना पनि त्यही रहेकाले तत्काल पार्टी नेतृत्वबाट विदा नहुने स्पष्ट पारे । कम्युनिष्ट पार्टीहरुमा नेतृत्व निर्माण र हस्तान्तरण भन्ने कुरा अलि फरक हुने भन्दै उनले थुप्रै पक्षहरुले यसमा भूमिका खेल्ने बताए । 

"हस्तान्तरण भनेको कसैलाई टिका लगाएर दिइने कुरा पनि होइन, लिइने कुरा पनि होइन," उनले भने-"३५/३६ वर्षदेखि नेतृत्व गर्दै आएकाले अब नेतृत्वमा म नै भइराख्नुपर्छ भन्ने त छैन, तर साथीहरूको भावना अहिले तपाइँले यताउता गर्न पाउनुहुन्न भन्ने छ, उहाँहरुको ममाथि प्रेसर छ ।" हस्तान्तरण र पुस्तान्तरणका बारेमा पत्रकारले राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपालमा नयाँ भनेको माओवादी मात्रै भएको दाबी समेत गरे । "नेपालको आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने भनेको माओवादी नै हो," प्रचण्डले भने, "नयाँ हामीले नै गर्छौं ।" नयाँ भनेर आएका पार्टीहरुले पनि माओवादीसंग सहकार्य गर्नुको विकल्प नरहेको प्रचण्डको जिकिर छ । 

उनले आफू अब पार्टी बनाउन केन्द्रित हुने बताए । प्रधानमन्त्री भएका कारण पार्टीले थालेको अभियान अन्तर्गत विगतमा जनतामा जान नसकेको बताउँदै उनले अब 'घर-घरमा माओवादी, जनजनमा माओवादी' अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताए ।

 


प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP