prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियन बाँकेको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
प्रेस युनियन बाँकेको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १६, २०८१ बागेश्वरी पोस्ट
प्रेस युनियन बाँकेको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनबृत्ति प्रतियोगितामा पत्रकार सरला सुवेदी प्रथम भएकी छिन् । प्रतियोगितामा सहभागी भएका सात जना महिला पत्रकारमध्ये सुवेदीको लेख प्रथम भएको हो । प्रतियोगितामा साबित्री बिश्वकर्मा द्वितीय र आरती कट्टेल तृतीय भएका छन् । उत्कृष्ट भएसँगै उनीहरु क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँले पुरस्कृत भएका छन् । युनियन बाँकेले लेखनबृत्ति प्रतियोगितामा सहभागिताका लागि महिला पत्रकारहरुलाई आह्वान गरेको थियो भने प्रतियोगितामा बाँकेका सात जना महिला पत्रकारले सहभागिता जनाएका थिए ।

No description available.

प्रतियोगितामा बिमला चौधरी, ममता थापा, शिवानी विक र शाहिदा बानोले समेत सहभागिता जनाएका थिए । लेखनमा उत्प्रेरित गर्नका लागि उनीहरुलाई नगद एक/एक हजारका दरले पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागी सबैलाई लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले प्रमाणपत्र प्रदान गर्दै नगद पुरस्कार वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुर्मीले महिलाहरुको क्षमता बृद्धिका लागि यस खाले प्रतियोगिता आवश्यक रहेको उल्लेख गरे । यस्ता कार्यक्रमले महिला पत्रकारहरुमा उत्प्रेरणाको भवाना समेत विकास हुने मन्त्री कुर्मीले बताए । युनियन बाँकेले शुरु गरेको यो कार्यक्रमलाई आफूले सक्दो सहयोग समेत गर्ने उनले बताए । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले यो कार्यक्रम राम्रो रहेको भन्दै यसलाई युनियनले निरन्तरता दिनुपर्नेमा जोड दिइन् । उनले महिला पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि अन्य कार्यक्रमहरु बनाउन युनियनलाई अनुरोध गरिन् ।

महिला पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले नेपाल प्रेस युनियन बाँकेले गत वर्षदेखि महिला पत्रकार लेखनबृत्ति प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवं युनियनका नेता निरज गौतमको संयोजकत्वमा महासंघ बाँके उपाध्यक्ष करुणा शाह र क्रियाशील महिला पत्रकार संघ बाँके अध्यक्ष साबित्री गिरी सम्मिलित पुरस्कार छनोट समितिले उत्कृष्ट लेखको छनोट गरेको थियो । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा उपाध्यक्ष निशा शाहले स्वागत गरेको कार्यक्रमको उद्देश्यका बारेमा युनियनका अर्का उपाध्यक्ष कमल खत्रीले जानकारी गराएका थिए भने पुरस्कार छनोटको आधार तथा मापदण्डका बारेमा संयोजक गौतमले प्रकाश पारेका थिए । सोही अवसरमा नेपाल प्रेस युनियन विशेष अंङ्क समेत सार्वजनिक गरिएको थियो । सो बुलेटिनमा प्रतियोगितामा सहभागी लेखलाई प्रकाशित समेत गरिएको छ ।

May be an image of 6 people, hospital and text

यसैगरी नेपाल प्रेस युनियनको शनिबार नेपालगञ्जमा सकिएको साधारणसभाले खडा गर्ने निर्णय गरेको एनपियु कल्याण कोषका लागि मन्त्री कुर्मीले ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै सांसद पुनले ५ हजार १ सय, नेपालगञ्ज हेल्थ क्याम्पसकी पदमा थापाले ५ हजार १ सय, नेपाल तरुण दल जिल्ला सदस्य एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन बाँकेका अध्यक्ष वीरेन्द्र सिंह ठकुरीले १० हजार १ सय ११ र नेपाल उद्योग वाणिज्य महासंघकी महिला विकास सदस्य रचना श्रेष्ठले ५ हजार १ सय रुपैयाँ कल्याण कोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

May be an image of 6 people, people smiling, temple, hospital and text
कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, सदस्य गौरव गिरी, नेपाली काँग्रेस महासमिति सदस्य डा. सुरेश कुमार कनोडिया, लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, बाँके जिल्ला सहसचिव रेनु सिंह ठाकुर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य सरला सुवेदी, महासंघ बाँके उपाध्यक्ष शाह, क्रियाशील महिला पत्रकार संघ बाँके अध्यक्ष गिरी, सञ्चारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, बाँके अध्यक्ष रुपनी जिएम, नेपाली काँग्रेस जिल्ला सदस्य पुष्पा शुक्ला, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रममा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने व्यक्तित्वलाई मायाको चिनो समेत प्रदान गरिएको सचिव भिष्म लोधले जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP