prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अप्ठ्यारो कार्यविधि, चलेनन् तालिम
अप्ठ्यारो कार्यविधि, चलेनन् तालिम
RSG-2
सीप सिकाउन कार्यविधि शंशोधन
बागेश्वरी पोस्ट
बुधबार, भदौ १९, २०८१ बागेश्वरी पोस्ट
अप्ठ्यारो कार्यविधि, चलेनन् तालिम

दाङ। घरेलु तथा साना उद्योग कार्यालय मार्फत सञ्चालन हुने गरि प्रदेश सरकारले सीप परिक्षण तालिम सञ्चालन गर्ने निर्णय गर्‍यो । सीप परिक्षण तालिम सञ्चालन गर्ने र नागरिकलाई उद्यमसँग जोड्ने सरकारको लक्ष्य अनुरुप प्रदेशको तत्कालीन उद्योग मन्त्रालयले यो कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनायो । तर तत्कालीन सरकारले बनाएको कार्यविधिकै कारण नागरिकलाई उद्यमसंग जोड्ने यो कार्यक्रम गत बर्ष प्रदेशमा फलदायी बन्न सकेन ।

paribartan 1

कार्यक्रम सञ्चालन हुन नसक्दा यो कार्यक्रमका लागि विनियोजन भएको ठूलो रकम फ्रिज भएको थियो । ‘कार्यक्रम सञ्चालनका लागि कार्यविधि बन्यो, तर कार्यविधी केहि जटिल प्रकृतिको बन्यो,’उद्योग, पर्यटन तथा यातायात मन्त्रालय स्रोतले भन्यो ‘कार्यक्रम नै सञ्चालन हुन नसक्दा रकम फ्रिज समेत गयो ।'

यो कार्यक्रम सञ्चालनका लागि सिटिईभिटीका दोस्रो श्रेणी (डिप्लोमा तह) का प्रशिक्षकहरु आवश्यक पर्ने कार्यविधिमा उल्लेख गरिएको थियो । तर दोस्रो श्रेणीका प्रशिक्षकहरु प्रदेशमा उपलब्ध हुन सकेनन् । फलतः यो कार्यक्रम प्रदेशमा प्रभावकारी बन्न सकेन । ‘कार्यविधिमा सिटिईभिटीबाट मान्यता प्राप्त दोस्रो श्रेणीका प्रशिक्षकहरु प्रशिक्षकका रुपमा रहने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको थियो,’ स्रोतले भन्यो ‘यो कार्यविधि अनुसारको प्रशिक्षक प्रदेशमा उपलब्ध हुन नसकेपछि कार्यक्रम प्रभावकारी बन्न सकेन ।’ मन्त्रालय स्रोतका अनुसार गत बर्ष प्रदेश भर ३० बढि कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको योजना थियो । तर जटिल कार्यविधिकै कारण आधा भन्दा बढि कार्यक्रम चल्न सकेनन् ।

कार्यविधिकै कारण सीप परिक्षण सम्बन्धी तालिम सञ्चालन हुन नसकेपछि हालका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यो जटिलता अन्त्य हुने गरि कार्यविधि शंशोधन गरिदिएका छन् । आफ्नो मन्त्रालय मार्फत हुने यो कार्यक्रम सञ्चालनमा सहजता ल्याउने उनले दोस्रो श्रेणीका प्रशिक्षकको अनिवार्यतालाई हटाईदिएका छन् । दोस्रो श्रेणीका प्रशिक्षक हुनै पर्ने कार्यविधिलाई शंशोधन गरेर उनले पहिलो श्रेणीकै प्रशिक्षकले समेत प्रशिक्षण दिन सकिने व्यवस्था गरिदिएका छन् ।

‘प्रदेशमा सञ्चालन हुने सीप परिक्षण तालिम सञ्चालनका लागि कार्यविधि केहि जटिल प्रकारको बनेको रहेछ, कार्यविधि अनुसारको प्रशिक्षकको व्यवस्थापन हुन नसक्दा कार्यक्रम नै प्रभावित समेत भएको रहेछ,’ मन्त्री न्यौपानेले भने ‘यसर्थ यो कार्यविधिलाई शंशोधन गरेर सहज ढंगबाट कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाईएको छ, कार्यविधिलाई सच्याएर प्रदेशबासीले यो अवसर प्राप्त गर्न सक्ने वातावरण निर्माण गरेका छौँ ।’ मन्त्री न्यौपानेले मन्त्रालयको कार्यभार सम्हाल्दा उनले यसै कार्यविधि शंशोधन गर्ने आफ्नो पहिलो निर्णय गरेका थिए । कार्यविधि शंशोधन पछि यो कार्यक्रम अब सहज ढंगबाट सञ्चालन हुने भएको छ । दोस्रो श्रेणीका प्रशिक्षक उपलब्ध नभए पहिलो श्रेणीका प्रशिक्षकले समेत प्रशिक्षण दिन पाउने व्यवस्था भएपछि घरेलु तथा साना उद्योग कार्यालयहरु यो कार्यक्रम सञ्चालनको तयारीमा जुटिसकेका छन् ।

 ‘प्रदेशमा दोस्रो श्रेणीका प्रशिक्षकहरुको अभाव भएका कारण यो कार्यक्रम प्रभावित भएको रहेछ,’ मन्त्री न्यौपानेले भने ‘अब पहिलो तहकै प्रशिक्षकले समेत प्रशिक्षण दिने व्यवस्था भएपछि सहज भएको छ, पहिलो तहका प्रशिक्षकहरु प्रदेशमै उपलब्ध हुने अवस्था छ।’ अघिल्लो बर्ष प्रदेशमा दुई तहका प्रशिक्षक उपलब्ध नभएपछि काठमाडौँबाट समेत ल्याउन खोजिएको थियो । तर काठमाडौँबाट दोस्रो श्रेणीका प्रशिक्षकहरु आउन मानेका थिएनन् ।

३ सय ९० देखि ४ सय ८ घण्टे यो तालिम सञ्चालन गर्ने प्रदेश मन्त्रालयको कार्यविधि छ । यो तालिमका लागि प्रशिक्षकहरुको उपलब्धता सहज हुने भएपछि घरेलु तथा साना उद्योग कार्यालयहरुले तालिम सञ्चालनका लागि सूचना समेत प्रकाशन गर्न थालिसकेका छन् ।


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP