prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • देशको समृद्धिका लागि युवा पुस्ता अग्रसर रहनुपर्छःमन्त्री शाही
देशको समृद्धिका लागि युवा पुस्ता अग्रसर रहनुपर्छःमन्त्री शाही
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २२, २०८१ बागेश्वरी पोस्ट
देशको समृद्धिका लागि युवा पुस्ता अग्रसर रहनुपर्छःमन्त्री शाही

नेपालगञ्ज । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले देशको समृद्धिका लागि युवा पुस्ता अग्रसर रहनुपर्ने बताएका छन् । बास नेपालको आयोजनामा राजधानी काठमाण्डौमा आज भएको पब्लिक स्पिच नेपाल २०८१ को सेमिफाइनल कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले सो कुरा बताएका हुन् ।

मन्त्री शाहीले देश विकासका लागि सधैं युवाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवा पुस्ता अघि सरेमा देशको प्रगति, समृद्धि हुन ढिलाई नहुने बताए । "देशमा लोकतन्त्रमा, गणतन्त्र ल्याउनका लागि राजनीतिक दलका नेताहरुले जेल, नेल भोगे, जीवन समर्पित गरे, तर आज तिनै नेताहरुलाई गाली गरेर नेताहरुबाट केही पनि काम भएन भन्ने भाष्य निर्माण भइरहेको छ," मन्त्री शाहीले भने–"केही गल्तीहरु नेताहरुबाट भयो होला तर सबै नराम्रो भए, बर्बादै भयो भन्ने तर्फ जानु हुँदैन ।" मन्त्री शाहीले जलवायु परिवर्तनको असरका कारण हिमश्रृंखलाहरु सुक्दै गएको, हिम तालहरु फुट्दै गएको बताए । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै आआफ्नो ठाउँबाट लाग्नुपर्ने उनको भनाई छ । युवाहरुको क्षमता विकासका लागि पब्लिक स्पिच नेपाल कार्यक्रम महत्वपूर्ण हुने उनले बताए । 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य डाक्टर धवल शमशेर राणाले युवाहरुको बौद्धिक क्षमताको बिकासका लागि पब्लिक स्पिच नेपाल सार्थक हुने बताए । यस्ता कार्यक्रमहरुले लामो बोल्दा ठूलो भइन्छ भन्ने मानसिकता हटाएर तर्कसहित संक्षेपीकरण गरेर मन्तव्य व्यक्त गर्दा असल बक्ता भइन्छ भन्ने सन्देश पनि जाने उनले बताए । कार्यक्रममा ह्याण्डिक्याप इण्टरनेशनलका राष्ट्रिय निर्देशक बिरेन्द्र ठगुन्ना, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा युथ एडभोकेसी नेपालका पूर्ब अध्यक्ष नरेन खतिवडा, अध्यक्ष गणेश धामी, बाग्मती सरसफाई अभियन्ता चक्र बहादुर चन्द, लेखक, साहित्यकार कृष्ण अविरल, किशोर डंगोल लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा निर्णायक समितिका संयोजक पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले प्रतियोगिताको नियमबारे जानकारी गराएका थिए । राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देबिदत्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन बास नेपाल काठमाण्डौ शाखा अध्यक्ष शकुन्तला शाहले गरेकी थिइन् । युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने लगायतका उद्देश्य राख्दै बास नेपाल नामक गैरसरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता आयोजना गरेको हो ।

यसअघि पब्लिक स्पिच बाँके र पब्लिक स्पिच कञ्चनपुरको दुई ओटा सिजन सम्पन्न गरिसकेको बास नेपालले राष्ट्रिय स्तरको प्रतियोगिता पब्लिक स्पिच नेपाल २०८१ गर्दैछ । प्रतियोगिता तीन चरणमा गर्ने क्रममा बास नेपालले पहिलो चरण अडिसन राउण्ड सम्पन्न गरिसकेको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने प्रतियोगिहरुका लागि खुला सूचना जारी गरिएकोमा देशैभरबाट २०० बढी सहभागीहरुले भाद्र १५ गतेभित्र तोकिएको ढाँचामा समसामयिक बिषयमा बोलिएको भिडियो सामग्री आयोजकलाई उपलब्ध गराएका थिए । अडिसन राउण्डबाट १०३ जना सेमिफाइनल राउण्डका लागि छनौट भएका थिए । अडिसन राउण्डको नतिजा भाद्र १७ गते आयोजकले प्रकाशन गरेको थियो ।

अडिसन राउण्डबाट छनौट भएका प्रतियोगीहरुले आज राजधानी काठमाण्डौस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा भइरहेको सेमिफाइनल राउण्डका लागि सहभागिता जनाइरहेका छन् भने सेमिफाइनलबाट फाइनल लागि छनौट भएका प्रतियोगीहरु भाद्र २९ गते हुने फाइनल राउण्डमा सहभागी हुनेछन् । यसरी फाइनलबाट पब्लिक स्पिच नेपाल २०८१ मा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्वितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने एक जना सहभागीले २५ हजारको कर्ण सकारात्मक अवार्ड प्राप्त गर्नेछन् भने इ-सेवाका माध्यमबाट सर्बोत्कृष्ट मत प्राप्त गर्ने एक जना प्रतियोगीले २० हजारको पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगितामा पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार बिरुद्धका चर्चित अभियन्ता केदार खडका, मदन पुरस्कार बिजेता, चर्चित साहित्यकार, बरिष्ठ सञ्चारकर्मी डाक्टर नवराज लम्साल, नेपाल टेलिभिजनकी बरिष्ठ समाचार सम्पादक अनिता बिन्दु र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी सदस्य रहेको निर्णायक समितिले निर्णायकको भूमिका निर्वाह गरिरहेको बासका सूचना अधिकारी हेमराज भट्टले बताए । 


प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP