prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पब्लिक स्पिच नेपालको सेमिफाइनल सम्पन्न, १६ प्रतिष्पर्धी फाइनलमा
पब्लिक स्पिच नेपालको सेमिफाइनल सम्पन्न, १६ प्रतिष्पर्धी फाइनलमा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २३, २०८१ बागेश्वरी पोस्ट
पब्लिक स्पिच नेपालको सेमिफाइनल सम्पन्न, १६ प्रतिष्पर्धी फाइनलमा

नेपालगञ्ज । बास नेपालको आयोजनामा पब्लिक स्पिच नेपाल २०८१ को सेमिफाइनल सम्पन्न भएको छ । काठमाण्डौमा शनिबार सेमिफाइनल सम्पन्न भएको हो । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले सेमिफाइनलको उद्घाटन गरेका थिए । 

अडिसन राउण्डबाट छानिएका १०३ मध्ये ६४ जनाले सेमिफाइनलमा प्रतिष्पर्धा गरेका थिए । जसमध्ये १६ जना प्रतिष्पर्धीहरु फाइनल राउण्डमा प्रबेश गरेका छन् । फाइनल राउण्डमा प्रबेश गर्नेहरुमा आँचल कुशुम अधिकारी, अभिषेक बिश्वकर्मा, अञ्जन ढुँगेल, डिल बहादुर भण्डारी, गंगा घिमिरे, जेपी बुढाथोकी, झरना केसी, जयन्ता खत्री, करुणा खनाल, मिगराशी रावत, महेश केसी, मुकेश सिंह धामी, सविना खतिवडा, श्रेया रेग्मी, सिता बन र सुशिला धमाला रहेका छन् । 

सेमिफाइनलमा सहभागी भएका प्रतियोगीहरुले दिगो विकासका लागि सुशासन, देश विकासमा युवा, अपांगता भएका व्यक्तिहरुको न्यायमा पहुँच, जलबायु परिवर्तन र न्यूनीकरणका उपायहरु, समृद्ध नेपालका लागि सकारात्मक सोच, बन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षण, बदलिदो अवस्थामा नागरिक समाजको भूमिका र लैंगिक हिंसा न्यूनीकरण लगायतका बिषयहरुमा बक्तव्य दिएका थिए । 

कार्यक्रममा निर्णायक समितिका संयोजक पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाले प्रतियोगिताको नियमबारे जानकारी गराएको उक्त कार्यक्रममा सहभागीहरुलाई चार मिनेटको समय दिइएको थियो । सम्बोधन, प्रस्तुतिकरण सिप, कला, बिषयबस्तुको ज्ञान र अध्ययन, भाषिक शुद्धता, मौलिकता, सिर्जनशिलता, सकारात्मक सोच लगायतलाई आधार मानेर निर्णायकहरुले निर्णय गरेका थिए । 

प्रतियोगितामा पूर्ब अर्थ सचिव बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार बिरुद्धका चर्चित अभियन्ता केदार खड्का, मदन पुरस्कार बिजेता, चर्चित साहित्यकार, बरिष्ठ सञ्चारकर्मी डाक्टर नवराज लम्साल, नेपाल टेलिभिजनकी बरिष्ठ समाचार सम्पादक अनित बिन्दु र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी सदस्य रहेको निर्णायक समितिले निर्णायकको भूमिका निर्वाह गरेको थियो । 

निर्णायकहरुको निर्णय बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सार्वजनिक गरेका थिए भने सेमिफाइनलबाट फाइनल लागि छनौट भएका प्रतियोगीहरु भाद्र २९ गते काठमाण्डौमा हुने फाइनल राउण्डमा सहभागी हुनेछन् ।कार्यक्रमको सञ्चालन बास नेपाल काठमाण्डौ शाखा अध्यक्ष शकुन्तला शाहले गरेकी थिइन् ।

युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने लगायतका उद्देश्य राख्दै बास नेपाल नामक गैरसरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता आयोजना गरेको हो ।

पब्लिक स्पिच नेपाल २०८१ मा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्वितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने एक जना सहभागीले २५ हजारको कर्ण सकारात्मक अवार्ड प्राप्त गर्नेछन् । इसेवाका माध्यमबाट सर्बोत्कृष्ट मत प्राप्त गर्ने एक जना प्रतियोगीले २० हजारको पुरस्कार प्राप्त गर्ने बासका सूचना अधिकारी हेमराज भट्टले बताए । 


प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP