नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जका सडकमा 'जकरान्दा' रोपियो
नेपालगञ्जका सडकमा 'जकरान्दा' रोपियो
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २७, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जका सडकमा 'जकरान्दा' रोपियो

जानकी (बाँके) । नेपालगञ्जका सडकमा जकरान्दा फूलका बिरुवा रोपी सफा, स्वच्छ, हराभरा सहर बनाउने अभियान सुरु भएको छ । हरित अभियन्ताले नेपालगञ्ज बजारको मुख्य सडक रत्न राजमार्गस्थित सडक परिसरमा बिरुवा रोपी हराभरा बनाउन लागेका हुन् ।  

“हामीले रोपेका यी जकरान्दालाई संरक्षण गर्न सकियो भने यसले सडकलाई मात्र नभई सहरलाई नै सुन्दर बनाउने छ”, हरित अभियन्ता प्लाष्टिक सर्जन डा. विनोद कर्णले भने, “सहरको सुन्दरतालले पनि त्यो सहरको पहिचान निर्माण गर्दछ । त्यसैले हामीले नेपालगञ्जको सुन्दर पहिचानका लागि बिरुवा रोप्ने काम सुरु गरेका हौँ ।” 

डा. कर्णसहित वन तथा प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील बिन्दु चर्ती मगर, ऋषिराज देवकोटा, वसन्ती खड्का लगायतका अभियन्ता सडक आसपासमा जकरान्दाको बिरुवा लगाउन खटिएका हुन् । हरित अभियन्ता डा. कर्णका अनुसार प्रत्येक वर्ष विभिन्न प्रजातिका बिरुवा लगाउँदै आएकामा यस वर्ष भने जकरान्दा फूलका बिरुवा मुख्य सडकसहित आसपासका क्षेत्रमा लगाइएको हो । 

नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानीतलाउमा छ वटा जकरान्दाको बिरुवा रोपिएको हरित अभियन्ता डा. कर्णले जानकारी दिए । उनका अनुसार सरकारी कार्यालयलाई हराभरा र सुन्दर बनाउने उद्देश्यले वडा नं १ कार्यालय परिसरमा नौ वटा जकरान्दाका बिरुवा रोपिएका छन् ।

त्यसैगरी वडा नं २० को भीमसेन मन्दिरमा पनि जकरान्दाका छ वटा बिरुवा लगाइएको छ । अभियानकै रुपमा लगाउन सुरु गरिएको जकरान्दालाई सुर्खेत रोड र वाटरपार्क क्षेत्रभित्र १४ वटा जकरान्दा लगाइएको हरित अभियन्ता डा. कर्णले बताए ।

आव २०८०/८१ मा नेपालगञ्जस्थित सडक विभाग कार्यालय परिसरमा १८ वटा बिरुवा लगाइएको छ । तीमध्ये १३ वटा जोगिएका छन् भने बाँकी पाँच वटा भने छाडा पशुचौपायाका कारण जोगाउन नसकिएको हरित अभियन्ता डा. कर्णले बताए । 

उनका अनुसार मङ्गलप्रसाद महिला कलेजमा गुलमोहर, निम, जकरान्दा, कपुर लगायत २५ वटा बिरुवा लगाइएको छ । डा. कर्णले आफ्नो जन्मदिनका अवसरमा नेपालगञ्ज औद्योगिक क्षेत्रको बाहिरपट्टी ११ र नेपालगञ्ज–काठमाडौँ बसपार्कमा छ वटा जकरान्दा लगाएर हरित अभियानलाई निरन्तरता दिँदै आएका छन् ।

आव २०७९/८० मा डा. कर्णले फुल्टेक्रस्थित विद्यालयमा निम, रातो गुलमोहर, कपुर लगायत १५ वटा बिरुवा लगाएका थिए । यसैगरी उनले रानीतलाउमा रातो गुलमोहर १० वटा बिरुवा लगाएका छन । त्यस्तै गाडिएनपुरुवास्थित शारदा मावि र बसपार्कमा ३५ वटा बिरुवा लगाएको डा. कर्णले बताए ।

नेपालगञ्ज सहरलाई हरियाली बनाउन २०७२ सालदेखि विभिन्न प्रजातिका फूलका बिरुवा लगाउन सुरू गरिएको हो । लगाइएको बिरुवामध्ये ७० देखि ८० प्रतिशत बिरुवा हुर्किएको हरित अभियन्ता डा. कर्णको भनाई छ ।

डा. कर्णले सुरुका वर्षमा नेपालगञ्जस्थित हिमाली नर्सरीबाट व्यक्तिगत खर्चमा बिरुवा लगाएको बताए पनि पछिल्ला वर्षमा राप्ती सहायक वन डिभिजन कार्यालयबाट साना बिरुवा ल्याई ठूलो बनाएर सार्ने गरेको बताए ।

जकरान्दा फूलका ४९ वटा प्रजातिमध्ये यहाँ लगाइएको यो एक प्रजातिको फूल हो । यो फूललाई एसियाका विभिन्न देशहरुमा लगाइने गरिन्छ । जस अन्तर्गत नेपाल, पाकिस्तान र भारतका धेरै भागहरुमा यो अत्याधिक मात्रामा पाइन्छ । गर्मी मौसम सुरु हुनै लाग्दा जाकरान्दा फुल्ने गर्दछ । यो वैजनी रङमा फुल्ने गर्दछ । नेपालमा जकरान्दा लगाउनलाई वर्षायामको समय उचित वातावरण मानिन्छ ।

यो फूलको बिरुवा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, इटली, मेक्सिको, कोलम्बिया, सउदी अरब, ब्राजिल, दक्षिण अफ्रिका, जिम्बावे, इजÞराइल, पोर्चुगल, स्पेन लगायका देशमा पाइन्छ । पछिल्लो समय नेपालमा पनि जकरान्दा फूललाई विशेष महत्वका साथ घरको आँगन, स्कूल, मन्दिर, खुला चौर तथा सरकारी कार्यालय परिसरमा लगाउने गरेको पाइन्छ । रासस


प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP