नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्थायित्वका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्दछः यादव
स्थायित्वका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्दछः यादव
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २७, २०८१ बागेश्वरी पोस्ट
स्थायित्वका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्दछः यादव

नेपालगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।  

नेपालगञ्जमा आज जसपा नेपाल लुम्बिनी प्रदेश समितिले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफ्नो पार्टीले पहिलेदेखि नै संविधान संशोधनको मुद्दा उठाउँदै आएको स्मरण गराउँदै अहिले मुलुकका दुई ठूला दल सत्तारुढ कांग्रेस र एमालेबाट पनि संविधान संशोधन गर्ने कुरा आउनु सुखद रहेको बताए । विकास, स्थिरता र सुशासनका लागि शासकीय स्वरुपमा पनि संशोधन गर्नुपर्ने यादवको भनाई छ । निर्वाचन प्रणालीमा पनि सुधार आवश्यक रहेको भन्दै उनले पूर्ण समानुपातिक पद्धति अबलम्बन गर्नु देशका लागि हितकर हुने बताए ।   

उनले मुलुकमा भ्रष्टाचार, घुसखोरी र कमिशनको खेल मौलाएको जिकिर गर्दै सुशासन कमजोर बन्दै गइरहेको जिकिर गरे । "मधेशमा जनविद्रोह नभएको भए नेपालमा संघियता, गणतन्त्र र सभावेशिता सम्भव हुन्थेन," यादवले भने-"जनतालाई अधिकार सम्पन्न बनाउन तत्कालीन मधेशी जनअधिकार फोरमको योगदान छ ।" मधेश जनआन्दोलनमा नेपालगञ्जको अग्रणी र महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ ।

जसपा नेपालका महासचिव रामकुमार शर्माले आफ्नो पार्टीले पार्टी निर्माणका लागि चार महिने अभियान थालेको बताउँदै चार महिनामा पाँच लाख पार्टी सदस्य बनाउने उद्घोष गरे । प्रशिक्षण कार्यक्रममा केन्द्रीय सचिव कमरुद्दिन राई, केन्द्रिय सदस्यहरु इश्तियाक अहमद शाह, अम्बिका काफ्ले लगायतले सम्बोधन गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP