Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चाचाजीको ९६औं जन्मजयन्तीमा विचार गोष्ठी
चाचाजीको ९६औं जन्मजयन्तीमा विचार गोष्ठी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २७, २०८१ बागेश्वरी पोस्ट
चाचाजीको ९६औं जन्मजयन्तीमा विचार गोष्ठी

नेपालगञ्ज । लोकतन्त्रको सुदृढिकरणका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने आज नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व. पन्नालाल गुप्ताको ९६औं जन्मजयन्तीका अवसरमा नेपाल प्रेस युनियन बाँके र स्व. गुप्ता प्रतिष्ठानले आयोजना गरेको 'लोकतन्त्र सुदृढिकरणमा पत्रकारहरुको भूमिका' विषयक विचार गोष्ठीमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । 

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज कुमार गौतमले विषय प्रवेश गराउँदै लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि गुप्तले पत्रकारिताका माध्यमबाट निभाएको भूमिका अतुलनीय रहेको बताए । उनले मिसन पत्रकारिताका क्षेत्रमा गुप्त सबैका प्रेरणाका पात्र रहेको उल्लेख गरे । उनले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारहरुको भूमिकालाई पनि बलियो बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि मर्यादित पत्रकारिता आवश्यक रहेको उनको भनाई थियो ।

अर्का वरिष्ठ पत्रकार शिव डोटेलले पनि लोकतन्त्रलाई मजवुत गराउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरु दल भन्दा माथि उठ्नुपर्ने बताए । उनले मिसन पत्रकारिता भन्दा पनि अहिले फेसबुक केन्द्रित पत्रकारिताको अभ्यास भइरहेकाले पत्रकारिताप्रति आम नागरिकहरुको बुझाई नकारात्मक बन्दै गएको बताए ।

प्राज्ञ सनत कुमार रेग्मीले पनि लोकतन्त्रको रक्षा गर्ने काम पत्रकारको भएको बताउँदै अगाडि भने, ‘सत्ता जहिले पनि निरंकुशता प्रेरित हुने गर्दछ, त्यस अवस्थामा पत्रकारको भूमिका अहम हुने गर्दछ ।’ स्व. पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताले भने,‘प्रजातन्त्रको पुनःस्थापनामा गुप्तले आफ्नो जीवन नै अर्पण गरेको सन्दर्भ छ, यस अवस्थामा लोकतन्त्रको विकल्प भनेको अझै राम्रो बनाउने, प्रणालीमा सुधार ल्याउने हो, कसैले देशलाई गलत बाटोमा लैजान्छु भनेर कल्पना नगरे पनि हुन्छ ।’ गुप्त पन्नालाका पुत्र हुन् । उनले आफ्ना पिताले मिसन पत्रकारिताको जग बसालेको भन्दै सबैका लागि त्यो प्रेरणादायी हुने उल्लेख गरे । 

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले पश्चिम क्षेत्रमा स्वर्गीय गुप्तको योगदानलाई सबैले आफ्नो तर्फबाट अपनत्व ग्रहण गर्नुपर्ने बताए । उनले भने,‘स्वर्गीय पन्नालाल गुप्तले पत्रकारिता जगतमा अतुलनीय सेवा गरेको हुँदा उहाँसँग जोडिएका विषयहरुलाई सबैले अपनत्व ग्रहण गर्नुपर्दछ ।’ यसैगरी पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीले सामाजिक संजालमा आएका सबै सन्देशहरु समाचार नहुने बताउँदै भने,‘सामाजिक संजालमा आएका खबर सबै समाचार हुन सक्दैनन्, प्रविधिलाई अपनाउँदै त्यसमा ध्यान भने दिनुपर्दछ ।’ 

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको विचार गोष्ठीमा प्रेस युनियन बाँकेका पूर्व अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, डब्लुडब्लुजेका अध्यक्ष सावित्री गिरी, पत्रकार मधु पौडेल लगायतले आ-आफ्नो विचार राखेका थिए । शाखा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तव्य व्यक्त गरेको विचार गोष्ठीको सहजीकरण शाखा सचिव भिष्म लोधले गरेका थिए  ।


प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP