Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेका तीन पालिकामा ‘धानजोन परियोजना’
बाँकेका तीन पालिकामा ‘धानजोन परियोजना’
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २९, २०८१ बागेश्वरी पोस्ट
बाँकेका तीन पालिकामा ‘धानजोन परियोजना’

जानकी (बाँके) । बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’ लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू गरेको हो । बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडाका दुई हजार तीन सय हेक्टर जमिनमा धानखेती गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए ।

‘हामीले धानको मूल बीउ उत्पादनका लागि बाँकेका तीन वटा गाउँपालिकामा यो परियोजना लागू गरेका हौँ’, उनले भने, ‘यो परियोजनाले धानखेतीका लागि सिँचाई, कृषि यान्त्रिकीकरण, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ ।’ यादवका अनुसार जानकी गाउँपालिका–२ वनकटवाको ग्रिन नेपाल कृषि फर्म र सोही पालिकाकै वडा नम्बर ३ रामवापुरको बैष्णो कृषि फर्ममार्फत १० हेक्टर क्षेत्रफलमा धानको मूल बीउ उत्पादनका लागि खेती गरिएको छ । धानको अवस्था बुझ्न कृषि प्राविधिकहरूले १० हेक्टर क्षेत्रफलमा लगाइएको धानको अनुगमन गरेका छन् ।

यस क्षेत्रका किसानलाई सहजरुपमा बीउ उपलब्ध गराउन राधाचार र रामधानको मूल बीउ उत्पादन गरिँदैछ । जस अन्तर्गत चार सय क्विन्टल मूल बीउ उत्पादन हुने परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए । उनले परियोजनाले बिज वृद्धि कार्यक्रमका लागि एक लाख ५० हजार बजेट विनियोजन गरेको जानकारी दिए । उक्त रकम बीउ बिषादी, जिङ्क र साइन बोर्डमा अनुदान दिइएको परियोजनाले जनाएको छ । परियोजनाले आधुनिक तरिकाले खेती गर्न तीन ठाउँमा ‘कष्टमहायरिङ्ग सेन्टर’ स्थापना गरेको यादवले बताए । ‘धानखेतीका लागि आवश्यक सबै यन्त्र अनुदानमा उपलब्ध गराइएको छ’, उनले भने, ‘जहाँबाट सहजरुपमा किसानहरु धानखेतीका लागि ती यन्त्रहरु प्रयोग गरिरहेका छन् ।’

जनहित कृषक समूह बैजानाथ–८ झिगौराका अध्यक्ष जगनरायाण थारुले कष्ट महायरिङ्ग सेन्टर स्थापनापछि किसानलाई फाइदा भएको बताए । ‘यो परियोजनाले हामी किसानलाई काम गर्न सजिलो बनाएको छ । सबै कृषि यन्त्र एकै ठाउँमा उपलब्ध हुँदा खेती गर्न सहज भएको छ’, उनले भने । परियोजनाले सहकारी र समूहका किसानहरुलाई ‘कष्टमहायरिङ्ग सेन्टर’मार्फत ट्याक्टर, थ्रेसर, रोटाबेटर, लेबलर, पावर टिलर लगायत कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको परियोजनाका कृषि अधिकृत यादवले बताए । परियोजना अन्तर्गत पाँच ठाउँमा ५० हेक्टरमा धानको चकलाबन्दी गरिरहेको छ ।

परियोजनाले समेटेको कार्य क्षेत्र अन्तर्गत आठ सय १४ जना कृषक तथा समूह र सहकारी जोडिएका छन् । ती किसानहरुका लागि यो चालु आर्थिक बर्षमा साना सिंचाई, धानको चकलाबन्दी, कष्टमहायरिङ्ग सेन्टर स्थापना, धानको बिज वृद्धि, कृषि यान्त्रिकीकरणमा सहयोग, पोष्टहार्वेष्ट, सामग्री वितरण, औद्योगिक संरचना निर्माण तथा मेसिनरी सहयोग, व्यवसायिक प्याज प्रवर्द्धन कार्यक्रम, तरकारी क्षेत्र विस्तार कार्यक्रम रहेको परियोजनाका सूचना अधिकारी ध्रुवराज जोशीले जानकारी दिए । उनका अनुसार यसै परियोजना अन्तर्गत बाँकेमा चालू आर्थिक वर्ष २०८१/८२ बाट तरकारी जोनको कार्यक्रम सञ्चालन गरिँदैछ । जस अन्तर्गत पाँच सय हेक्टर तरकारी खेतीमा सहयोग गर्ने परियोजनाका सूचना अधिकारी जोशीले बताए ।

चालू आवमा एक करोड २९ लाख धानखेती र ५० लाख तरकारी खेती प्रवर्द्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ । परियोजना अन्तर्गत यसै वर्ष बाँकेको जानकी गाउँपालिका–१, २, ३, ४ त्यसैगरी, खजुरा गाउँपालिका–२ र ४ र बैजानाथ गाउँपालिका–२, ३ र ४ गरी ११ वटा वडामा कार्यक्रम लागू गरिएको छ । जस अन्तर्गत दुई हजार तीन सय ४१ हेक्टर क्षेत्रफलमा धानखेतीमा प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ । रासस


प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP