prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको चार महिने सुदृढीकरण अभियानः८१ वडामै खटाइए प्रतिनिधि (सूचीसहित)
कांग्रेस बाँकेको चार महिने सुदृढीकरण अभियानः८१ वडामै खटाइए प्रतिनिधि (सूचीसहित)
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज १, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको चार महिने सुदृढीकरण अभियानः८१ वडामै खटाइए प्रतिनिधि (सूचीसहित)

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान' थालेको छ । भदौ २४ गतेदेखि पुस मसान्तसम्म चल्ने गरी चार महिने अभियान थालिएको हो । "जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान" नाम दिइएको चार महिने अभियानका लागि जिल्लाका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइएका छन् । 

अभियानको आज एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ । जिल्लामा रहेका ८१ वटा वडाहरुको सांगठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोल स्तरमा रहेका नेपाली कांग्रेसका अगुवा, जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्थालाई विश्लेषण गर्दै उनीहरुलाई पार्टी संगठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने अभियानको मुख्य उद्देश्य रहेको पार्टी सभापति नारायण प्रसाद गौडेलले बताए । स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगत रुपमा पहलकदमी लिने, भ्रातृ, शुभेच्छुक संगठनलाई सक्रिय बनाउने, जनताका गुनासो सुनेर समाधानका लागि पहल गर्ने लगायतका उद्देश्य यो अभियानको छ । यो अभियानको प्रस्ताव कांग्रेस बाँकेले दोस्रो जिल्ला सम्मेलनबाटै पारित गरेको प्रवक्ता डिल्ली गिरीले बताए ।

May be an image of 6 people, dais and text

अभियान शुुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीको संगठनलाई सुदृढ बनाउँदै अझ सशक्त बनाउनतर्फ लाग्न आग्रह गरे ।

May be an image of 8 people, temple, dais, hospital and text

विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी बलियो भए मात्र प्रतिष्पर्धी दलहरुसंग प्रतिष्पर्धा गर्न सकिने बताउँदै आपसी मनमुटाव, बैमनश्य र तिक्तता त्यागेर संगठन निर्माणमा लाग्न आग्रह गरे । पुनले कांग्रेस बाँकेको क्रियाशीलता लोभलाग्दो भएको बताए । नेपाली कांग्रेस बाँकेकी निर्वतमान सभापति किरण कोइरालाले चार महिने अभियानले पार्टीलाई पुनर्जागृत गर्ने विश्वास ब्यक्त गरिन् । 

May be an image of 13 people, dais and text

वडामा खटिएका प्रतिनिधिहरुले वडा कार्यसमितिको बैठक बोलाउने, विधान अनुसार वडा कार्यसमितिको काम, कर्तब्य र अधिकारका बारेमा जानकारी गराउने, विधान अनुसार सम्मेलन भए नभएको, क्रियाशील सदस्यता नवीकरणको अवस्था, कार्ड वितरण, संगठनमा देखिएका समस्या, सुधार्नुपर्ने पक्ष लगायतका विषयमा जानकारी लिनेछन् । पार्टी सभापति गौडेलले वडामा खटिएका जिल्ला प्रतिनिधिसंग समन्वय गर्ने गरी क्षेत्रीय कार्यसमितिलाई जिम्मेवारीपत्र समेत हस्तान्तरण गरेका छन् ।

सभापति गौडेलले अभियानको अन्तिममा ८१ वटै वडामा एकै दिन वडा सम्मेलन गरेर अभियानको समापन गर्ने कार्ययोजना रहेको बताए । जिल्ला सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

May be an image of 6 people, dais, hospital and textMay be an image of 9 people, dais and textMay be an image of 8 peopleMay be an image of 12 peopleMay be an image of 10 people

कुन वडामा को खटिए ? (सूचीसहित)

May be an image of textMay be an image of blueprint and textMay be an image of blueprint and textMay be an image of blueprint and text

 


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP