नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'लागूऔषध प्रयोगकर्ता बिरामी हुन्, उनीहरुलाई उपचारको खाँचो छ’
'लागूऔषध प्रयोगकर्ता बिरामी हुन्, उनीहरुलाई उपचारको खाँचो छ’
बागेश्वरी पोस्ट
मंगलबार, असोज १, २०८१ बागेश्वरी पोस्ट
'लागूऔषध प्रयोगकर्ता बिरामी हुन्, उनीहरुलाई उपचारको खाँचो छ’

नेपालगन्ज । लागूऔषधविरुद्ध काम गर्ने नेपालका प्रमुख संस्था मध्यको एक हो, रिकभरिङ्ग नेपाल । लागूऔषध प्रयोगकर्ताको हितमा काम गर्ने रिकभरिङ्ग नेपालले सातै वटा प्रदेशमा लागूऔषध प्रयोगकर्ता बिरामी हुन् र उनीहरुलाई उपचारको खाँचो छ भन्ने कुरालाई जोड दिँदै काम गरिरहेको बताएको छ । 

आज रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर रिकभरिङ्ग नेपालले गरिरहेको कामहरुका बारेमा जानकारी दिएको छ । रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष इन्द्रा कुमारी जिसीले लागूऔषधका विषयमा नेपाल सरकारको दोहोरो नीतिका कारण काम गर्न असहज भएको बताइन् । ‘लागूऔषधका विषयमा नेपाल सरकारकै नीति नै बाझिने खालको छ । स्वास्थ्य मन्त्रालयले लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा हेरेको छ भने गृह मन्त्रालयले लागूऔषध प्रयोगकर्तालाई अपराधीको रुपमा हेरेको छ,’ अध्यक्ष जिसीले भनिन् । उनले रिकभरिङ्ग नेपालले भने लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा हेर्ने गरेको बताउँदै उनीहरुलाई लागूऔषधबाट बाहिर निकाल्न, उनीहरुलाई एचआभी, हेपाटाइटिस जस्ता रोगहरुबाट जोगाउने काम रिकभरिङ्ग नेपालले गरिरहेको बताइन् । 

कार्यक्रममा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन प्रविण बिसीले लागूऔषध सम्बन्धि ऐन, नियमलाई सुधार्न रिकभरिङ्ग नेपाल लागिपरेको बताए । बिसीले विश्व स्वास्थ्य संगठनले समेत लागूऔषध प्रयोगकर्तालाई बिरामीको संज्ञा दिइसकेको अवस्थामा नेपाल सरकार भने अझै अलमलमा परेको जिकिर गरे । 

रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशकी महासचिव यशोदा ज्ञवालीले महिला लागूऔषध बिरामीका लागि झनै समस्या रहेको बताइन् । उनले सरकारको ऐन नै बाझिने र सरकारले लागूऔषध बिरामीका लागि एउटा पनि सुधार गृह स्थापना गर्न नसक्नु सरकारको कमजोरी रहेको बताइन् ।

त्यसैगरी पत्रकार सम्मेलनमा रिकभरिङ्ग नेपालले ६ महिनाको कार्यक्रम पनि सार्वजनिक गरेको छ । अगष्ट २०२४ देखि जनवरी २०२५ सम्म रिकभरिङ्ग नेपालले लुम्बिनी प्रदेशमा लागूऔषध बिरामीका लागि गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । जसमा विभिन्न चरणमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँगको बैठक, छलफल तथा अन्तरक्रियाहरु रहेका छन् । उक्त कार्यक्रमको माध्यमबाट लागूऔषध बिरामीका समस्या पहिचान, उनीहरुको आवश्यकता तथा हक अभिकारका बारेमा ड्राफ्ट तयार पार्ने र स्थानीय सरकार तथा नेपाल सरकारलाई सो ड्राफ्टप्रति उत्तरदायी गराउने लक्ष्य लिइएको महासचिव ज्ञवालीले जानकारी दिएकी छिन् ।  


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP