Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण, १० हजार प्रयोगकर्ता रहेको अनुमान
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण, १० हजार प्रयोगकर्ता रहेको अनुमान
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज ६, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण, १० हजार प्रयोगकर्ता रहेको अनुमान

बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो । 

जिल्लामा हाल करिब १० हजार लागुऔषध प्रयोगकर्ता रहेको लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनले बताए । “लागुऔषध न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको छ”, उनले भने, “दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवाले दुव्र्यसनमा लागेर जीवन बर्बाद गरिरहेका छन् ।” जिल्लामा रहेका १० हजार प्रयोगकर्तामध्ये एक हजार पाँच सय महिला रहेको उनको अनुमान छ ।

यहाँ लागुऔषध न्यूनीकरणका लागि २० वटा पुनःस्थापना केन्द्र रहेका छन् भने तीमध्ये दुई महिला पुनःस्थापना केन्द्र छन् । “बीस पुनःस्थापना केन्द्रमार्फत चार सय लागुऔषध प्रयोगकर्तालाई स्वास्थ्य तथा व्यवहार परिवर्तनका लागि सेवा प्रवाह गरिएका छौँ । दुई महिला पुनःस्थापना केन्द्रमा ५० महिलालाई राखेर सुधारको प्रयास भइरहेको छ”, संयोजक महर्जनले भने । 

पछिल्लोपटक लागुपदार्थ प्रयोगको स्वरुप समेत परिवर्तन भएकाले अवस्था थप चुनौतीपूर्ण बन्दै गएको लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले बताए । विगतमा धुँवाका रूपमा प्रयोग हुने ब्राउनसुगर अहिले तरल बनाएर सुईको माध्यमबाट प्रयोग हुने गरेको पाइएको उनले जानकारी दिए । नेपालगञ्ज हुँदै लागुपदार्थ अफिम र चरेस भारततर्फ जाने र भारतबाट ब्राउन सुगर लगायत मनोदिपक पदार्थ (नार्कोटिक ड्रग) नेपाल भित्रने गरेको जानकारी दिनुहुँदै क्षेत्रीले समस्या समाधानका लागि राजनीतिक दल र राज्यले थप प्रभाकारी कार्यक्रम अगाडि सार्नुपर्ने आवश्यकता औँल्याए । 

लागुऔषध कारोबार बढ्दै जाँदा यहाँका युवा पुस्ता दुव्र्यसनको उच्च जोखिममा छन् । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा पनि लागुऔषध कारोबार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले लागुऔषध नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन भइरहेको बताए । उनले सबै मिलेर समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए । डाँगीका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा जिल्ला प्रहरी कार्यालयमा लागुऔषधका एक सय ७७ मुद्दा दर्ता भएका थिए । लागुऔषधमा संलग्न दुई सय ६४ लाई पक्राउ गरी नौ सय २५ ग्राम बढी ब्राउनसुगर नियन्त्रणमा लिइएको थियो । त्यसअघि आव २०७९–८० मा एक सय ५७ मुद्दा दर्ता भएकामा दुई सय ३६ जना पक्राउ पर्नुका साथै आठ सय ८२ ग्राम ब्राउनसुगर र छ किलो गाँजा बरामद गरिएको थियो ।

जिल्लामा आव २०७८–७९ मा एक सय ३४ लागुऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएकामा दुई सय १२ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । “लागुऔषध नियन्त्रणका लागि सीमापारि भारतीय सुरक्षा निकायसँग समन्वय गर्नेदेखि गाउँ–गाउँमा चेतनामूलक कार्यक्रमलाई अघि बढाएका छौँ”, प्रहरी नायब उपरीक्षक डाँगीले भने, “पछिल्लो समय ग्रामीण क्षेत्रका युवा पुस्ता पनि लागुऔषधको उच्च जोखिममा छन् । यस्ता क्रियाकलाप रोक्न स्थानीय सरकार, सरोकारवाला र अभिभावकहरू सचेत बन्नुपर्ने आवश्यकता छ ।” रासस


प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP