Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाइने
चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाइने
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज १०, २०८१ बागेश्वरी पोस्ट
चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाइने

नेपालगञ्ज । नजिकिएका चाडपर्वहरुलाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने भएको छ । दशैं, तिहार, छठ लगायत नेपालीहरुका महान चाडपर्वहरुलाई लक्षित गरी नेपालगञ्जको चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने भएको हो । 

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवाला निकायको बैठकले सवारी साधन र सर्वसाधारणको चाप हुने ठाउँहरुमा नवरात्र शुरु हुनु अगाडि नै वन-वे (एकतर्फी बाटो) सञ्चालन गर्ने निर्णय गरेको छ । गणेशमान चोकदेखि चारबाहिनी चोकसम्म जाने मात्र र फर्किँदा त्रिशक्ति मार्गबाट मात्र फर्किन गरी वन-वे बाटो सञ्चालन गर्ने निर्णय भएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । यसका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरीले एकआपसमा समन्वय गरेर काम गर्नेछन् । 

यसैगरी नेपालगञ्जको मुख्य बजारभित्र सञ्चालन हुने ठेला, इ-रिक्सा लगायत अन्य सवारी साधन ट्राफिक अवरोध नहुने गरी प्रचलित ट्राफिक नियम अनुसार सञ्चालन गर्ने गराउने, ट्राफिक प्रहरी कार्यालयले नेपालगञ्ज उद्योग बाणिज्य संघसंग समन्वय गरी त्रिवेणी मोडदेखि त्रिभुवन चोकसम्म तीन तीन दिन पालो गर्ने गरी वनवे बाटो चलाउन पहल गर्ने, सार्वजनिक बाटोमा यत्रतत्र निर्माण सामग्री राखी बाटो अवरुद्ध गर्ने र ट्राफिक व्यवस्थापनमा असहजता उत्पन्न गराउने कार्यलाई निरुत्साहित गर्ने, निर्माण लागयतका अन्य सामग्री बाटोमा राख्न नदिने सडकपेटी फुटपाथ तलदेखि माथिसम्म पूरै खाली गर्ने लगायतका निर्णय भएका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले चाडबाडका बेला हुने भिडभाड र ट्राफिक चापलाई ब्यवस्थित गर्ने गरी विभिन्न निर्णयहरु गरेर कार्यान्वयनमा अघि बढेको बताए । सवारी साधनबाट जहाँसुकै यात्रु चढाउने र ओराल्ने कार्य गर्दा दुर्घटनाको जोखिम बढेकाले त्यसलाई निरुत्साहित गर्ने, सडकका छाडा पशुचौपायालाई शनिबारको दिन नियमित काञ्जी हाउस पुर्याउँदै आएकोमा त्यसलाई निरन्तरता दिने, चाडपर्वका बेला बजार क्षेत्रमा अनुगमनलाई सघन बनाउँदै उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा उपलब्ध गराउन सरोकारवाला सबै सक्रिय हुने निर्णय पनि गरिएको नगर प्रहरी प्रमुख बोगटीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । 


प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP