prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'सरकार समृद्धि र सुशासनमा असफल, भाषणमा मात्रै सफल' :कांग्रेस नेतृ डिला संग्रौला
'सरकार समृद्धि र सुशासनमा असफल, भाषणमा मात्रै सफल' :कांग्रेस नेतृ डिला संग्रौला
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २०, २०७६ बागेश्वरी पोस्ट
'सरकार समृद्धि र सुशासनमा असफल, भाषणमा मात्रै सफल' :कांग्रेस नेतृ डिला संग्रौला

नेपालगन्ज। नेपाली कांग्रेसका नेतृ डा. डिला संग्रौलाले कम्युनिष्ट सरकार समृद्धि, सुशासन र कानुन बनाउन असफल भएपनि भाषणमा मात्रै सफल भएको बताएकी छन् ।

नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएकी हुन् । नेपाली कांग्रेसले कुनै समयमा कम्युनिष्ट शासन आयो भने बोल्न पाइदैन, लेख्न पाइदैन भनेर भन्दा केही मानिसहरु विगतमा हाँस्ने गरेपनि अहिले आफै अनुभुती गरिरहेको डा. संग्रौलाले बताइन् । सरकाार अलोकतान्त्रिक बाटोमा जान खोजिरहेको उनको धारणा छ ।

‘प्रत्यक्ष राष्ट्रपतिको सिस्टममा जान खोजेर राष्ट्रपतिलाई थप अधिकार दिन सरकार उद्धत हुदैछ, प्रधानमन्त्री केपी शर्मा ओली श्रीपेच बिनाको राजा बन्दैछन्, मुलुक अराजक अवस्थामा जादैछ,’ उनले भनिन् । नेपाली जनताले विकासको अनुभुती गर्न नपाएको र जनतामा निराशा पैदा भएको नेतृ संग्रौलाले जिकिर गरिन् । ‘सरकारले पछिल्लो काण्डको रुपमा प्रतिनिधी सभामा हारेका बामदेव गौतमलाई फेरी राष्ट्रिय सभामा ल्याउने गरी संबिधान संशोधन गर्ने काण्ड ल्यायो, समिति आफै गठन ग¥यो, समिति आफै भंग भयो,’ संग्रौलाले अगाडी भनिन् ‘नेपाली जनताले उपचार नपाउने, खान नपाउने, किसानले मुल्य नपाउने, बेराजगार युवाले रोजगारी नपाइरहेको अवस्थामा ‘सर्वहारा’ पार्टीका यो मुलुकका प्रधानमन्त्रीले खर्चिलो रुपमा नेपालको नक्सा भएको केक चिरा–चिरा काटेर धेरैलाई भोज खुवाएर राजतन्त्रको शैलीमा जन्मदिन मनाएका छन्, म खबरदारी गर्छु, जनताको पसिनाबाट उठेको करलाई दुरुपयोग गर्न पाइदैन ।’

फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशन महिला मैत्री हुने र महाधिवेशनको नेतृत्व महिलाले गर्नुपर्ने बताइन् । ‘संबिधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलालाई आरक्षण दिएपनि वर्तमान सरकारले पु¥याउन सकेको छैन, तर नेपाली कांग्रेसको विधानले एक तिहाई महिला भनेको छ, अब बन्ने समिति र १४ औं महाधिवेशन महिलामैत्री हुन्छ ।’ महाधिवेशनका लागि वितरण गर्न लागिएको ५० प्रतिशत कृयाशिल सदस्यताले सबै जात, जातीलाई समेट्ने विश्वास गरिन्।

महाधिवेशनको संघारमा पार्टीले विभाग गठन गरेको सन्र्दभमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिदै संग्रौलाले ढिलै भएपनि पार्टीको विधानलाई समेटेर सभापतिले विभाग गठन गरेको बताईन । ‘विभाग गठन सँग–सँगै नेपाली कांग्रेसभित्र केही असन्तुष्टीका स्वर सुनिएको छ, त्यसलाई म स्वीकार गर्छु, लोकतान्त्रिक पार्टीभित्र जहिले पनि नेपाली काग्रेसको इतिहासमा सहमती, समन्वय र सहकार्यको यात्रा हो,’ उनले भनिन् ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर लगायतको पनि उपस्थिती रहेको थियो । पत्रकार भेटघाट सञ्चालन प्रेस युनियन बाँकेका कोषाध्यक्ष मधु पौडेलले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP