prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर तहका कार्यालयहरुसँग समन्वय तथा सहकार्य गर्दै राप्तीसोनारी गाउँपालिका
अन्तर तहका कार्यालयहरुसँग समन्वय तथा सहकार्य गर्दै राप्तीसोनारी गाउँपालिका
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १४, २०८१ बागेश्वरी पोस्ट
अन्तर तहका कार्यालयहरुसँग समन्वय तथा सहकार्य गर्दै राप्तीसोनारी गाउँपालिका

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले अन्तर तहका कार्यालयहरुसँग समन्वय तथा सहकार्य बढाएको छ । जिल्लामा रहेका सरकारी कार्यालयहरु बीचमा समन्वयका माध्यमबाट सेवाग्राहीहरुलाई स्तरीय र सहज पहुँच कायम गर्ने बल पुगोस् भन्ने उद्देश्यले अन्तर तहका कार्यालयहरुसँग सहकार्य बढाइएको हो  । 

त्यही अनुसार पालिकाले जिल्लाका सम्पूर्ण सेवा प्रदायक निकायहरुलाई राप्तीसोनारीमा बोलाएर अन्तरक्रिया गरेको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले जानकारी दिए । बाँकेका सुरक्षा निकायका प्रमुख, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि सम्मिलित उक्त कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै उनले तहगत सरकारबाट प्रदान गरिने सार्वजनिक सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गरी सार्वजनिक सेवालाई छिटोछरितो, सहज र गुणस्तरीय सेवा दिने र पाउने वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । 

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले सेवा प्रवाह गर्ने सरकारी कार्यालयबीचको समन्वयात्मक अन्तरक्रियाको प्रयास पालिकाले थालेकोमा खुसी व्यक्त गरे । उनले जिल्ला समन्वय समितिले गर्नुपर्ने काम पालिकाले गरेको भन्दै खुसी व्यक्त गरे ।

‘जिल्ला समन्वय समितिले पनि जिल्ला, प्रदेश र संघका मातहतमा रहेका सरकारी कार्यालयबीचको समन्वयात्मक बैठक राख्ने प्रयास गरेको हो, उनले भने–‘तर, प्रभावकारी हुन सकेन, राप्तीसोनारीले प्रयास गरेको छ, अब यसलाई सबैले निरन्तरता दिनुपर्छ ।’ अहिलेको संबिधानले मुलुकमा तीन तहका सरकारको परिकल्पना गरेको छ । त्यही अनुसार मुलुक चलिरहेको छ । ‘यी तीन तहका सरकारको अर्थ नै सबै तहबीच समन्वय र सहकार्यबाटै विकास सम्भव छ भन्नु हो,' उनले भने–‘समन्वय र सहकार्य भयो भने विकासमा डुब्लिकेशन हुँदैन । र, प्रभावकारी पनि देखिन्छ ।’ 

अहिले तीन तहको सरकारबीच समन्वयको अभाव देखिएको उनको भनाई छ ।  स्थानीय तह, प्रदेश र संघीय सरकारका योजनाहरु एकआपसमा जुध्ने गरेका छन् । ‘योजनाहरुमा हुने दोहोरोपना रोक्नुपर्छ,' उनले भने–‘त्यसका लागि एक अर्काबीचमा समन्वय आवश्यक छ । निकास विनाको विकासले कसैको पनि हित हुन सक्दैन ।’ यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले सेवाप्रदायक कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा नागरिकहरुलाई जानकारी प्रवाह गर्नका निमित्त पालिकाले अन्तर तहका कार्यालयसँगको अन्तरक्रिया राखेको जानकारी दिए । 

‘स्थानीय तह, प्रदेश सरकार र संघीय कार्यालयबाट प्रदान हुने सबै काममा समन्वय र सहकार्य आवश्यक छ,' उनले भने–‘त्यसका निमित्त गाउँपालिकाले वातावरण सिर्जना गरिदिएको हो । सरकारप्रति नागरिकको विश्वास, भरोसा टुट्न दिनु हुँदैन ।’ यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पनि संबिधानले तीन तहका सरकारबीच समन्वयको परिकल्पना गरेकोले त्यही अनुसार काम गर्नुपर्ने बताए । उनले कुनै एक तहबाट मात्रै विकास सम्भव नभएकाले सबैको सहकार्य आवश्यक रहेको औंल्याए । उनले भने–‘समन्वय र सहकार्य विना विकास सम्भव छैन । सुशासन पनि सम्भव छैन । त्यसका लागि तीनै तहका सरकारी कार्यालयको सामूहिक ऐक्यबद्धता आवश्यक छ ।’ उनले सेवा प्रवाहलाई सहजीकरण गर्न जिलला प्रशासन कार्यालयले भूमिका खेल्न तयार रहेको पनि उल्लेख गरे । ‘समन्वयको लागि जिल्ला प्रशासन कार्यालय सदैव तयार छ,' उनले भने–‘कानुनले दिएका कामहरु सहजैरुपमा गर्न सकिन्छ । सरकारी कार्यालयका प्रमुखहरुलाई मेरो अनुरोध छ सके सपारौं नसके नविगारौं ।’ 

कार्यक्रममा वाणिज्य कार्यालय प्रमुख हरिबहादुर खत्री, बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, बाँके सशस्त्र प्रहरी प्रमुख एसपी विमल डाँगी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही लगायत जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP