नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभा अनुकुल हुनासाथ संविधान संशोधन अघि बढ्छ: शंकर पोखरेल
राष्ट्रिय सभा अनुकुल हुनासाथ संविधान संशोधन अघि बढ्छ: शंकर पोखरेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक १, २०८१ बागेश्वरी पोस्ट
राष्ट्रिय सभा अनुकुल हुनासाथ संविधान संशोधन अघि बढ्छ: शंकर पोखरेल

नेपालगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस-एमाले सरकार संविधान संशोधन गर्ने निश्चित उद्देश्यका साथ निर्माण भएको बताएका छन् ।  

नेकपा एमाले नेपालगन्ज नगर कमिटीद्वारा आज नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राष्ट्रिय सभामा बहुमत नभएका कारण तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाउने स्पष्ट पार्दै एक-डेढ वर्षमा बहुमत पुगेपछि संविधान संशोधनमा जाने बताए । उनले वर्तमान सरकार उच्च समझदारीमा निश्चित उद्देश्य लिएर बनेकोले कसैले चाहँदैमा सरकार नढल्ने स्पष्ट पारे । सरकार ढल्छ भनी हल्ला फिँजाउनेहरु विकास र स्थिरता विरोधी भएको उनको टिप्पणी छ । आगामी चुनावसम्म यो सरकार कायमै रहने दाबी गर्दै पोखरेलले चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने स्पष्ट पारे । आगामी चुनावमा कांग्रेस र एमालेले कसैसंग तालमेल नगर्ने उनको दाबी छ ।

महासचिव पोखरेलले एमाले मिसन २०८४ को मूलमन्त्रका साथ अघि बढेको बताए ।राजनीतिक अस्थिरताको अन्त्यका लागि उनले २०८४ को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताए । त्यसै अनुरुप पार्टीका गतिविधिलाई तल्लो तहसम्म संचालन गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए । जनताका काम र समस्यामा ध्यान दिन उनको जोड छ । 

व्यवसायी मीन बहादुर गुरुङले दान गरेको जग्गाको विषयलाई अतिरन्जित गर्न खोजिएको भन्दै उनले पार्टी शुभेच्छुकले  स्वेच्छिकरुपमा दिएको कुरालाई अनावश्यक टीका-टिप्पणी गर्न जरुरी नभएको स्पष्ट पारे । 

भेलालाई एमाले केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज शान्ति ढकाल र जिल्ला अध्यक्ष निरक गुरुङले पनि सम्बोधन गरेका थिए । नेकपा एमाले नेपालगन्ज नगर कमिटी अध्यक्ष मोहित शाहको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । 


प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP