prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्वार्थ पूरा भइसकेपछि ट्रेड युनियनलाई बिर्सर्ने प्रवृत्ति छ: कांग्रेस सभापति पुन
स्वार्थ पूरा भइसकेपछि ट्रेड युनियनलाई बिर्सर्ने प्रवृत्ति छ: कांग्रेस सभापति पुन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २३, २०८१ बागेश्वरी पोस्ट
स्वार्थ पूरा भइसकेपछि ट्रेड युनियनलाई बिर्सर्ने प्रवृत्ति छ: कांग्रेस सभापति पुन

प्रियास्मृति ढकाल/(कोहलपुर) बाँके । नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले ट्रेड युनियनबाटै नेता भएकाहरुले अहिले ट्रेड युनियनलाई बिर्सिएको बताएका छन् । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले कोहलपुरमा आयोजना गरेको जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने-`नेतृत्वमा पुग्ने र आफ्नो स्वार्थ पूरा भइसकेपछि ट्रेड युनियनलाई बिर्सने प्रवृत्ति छ । यो राम्रो होइन ।´ उनले नीति निर्माण र कार्यान्वयन तहमा भएकाहरुले श्रमिक ऐनलाई कार्यान्वयन गर्नुपर्ने बताए । 

पुनले नेपाली काँग्रेसले थुप्रै राम्रा काम गरेको उल्लेख गरे । तर, आम नागरिकलाई बुझाउन भने नसकेको बताए । शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा काँग्रेसले उल्लेखनीय काम गरे पनि प्रचार हुन नसकेको उनले बताए । सामाजिक सुरक्षा ऐन काँग्रेसकै पालामा भएको पनि पुनको भनाई छ । पूर्वाधार विकासदेखि जनजिबिकाका सवालमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको पुनले बताए । 

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले काँग्रेसले प्राप्त गरेको सफलता मजदुर आन्दोलनकै बलमा भएको बताए । उनले अहिले पनि मजदुरहरुले नेपाल सरकारले तोकेको ज्याला पाउन नसकेको भन्दै अब काँग्रेसले समान ज्याला दिलाउनका लागि पहल गर्ने उल्लेख गरे । उनले मजदुरहरुको समस्या सम्बोधन गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताए । उनले आफू मजदुरहरुकै साथमा रहेको पनि बिश्वास दिलाए ।

यस्तै नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय उपाध्यक्ष गणेश केसीले मुलुक संघीय संरचनामा गएसंगै ट्रेड युनियनले उठाउँदै आएको सौदाबाजी र संवाद मुद्दा रोकिएको बताए । उनले नीति निर्माण तहमा अहिले यो बिषयमा छलफल नै हुन नसकेको समेत उल्लेख गरे । अहिले ट्रेड युनियन अधिकार प्राप्तिको बाटो सहज नभएको उनको भनाई छ । राजनीतिक अवस्था नै असहज तरिकाले गुज्रिरहेकाले स्वभाविकरुपमा ट्रेड युनियन अधिकार प्राप्तिको बाटो पनि सहज नहुने उनले बताए । उनले आवद्धता भएका संघसंगठनले बिधान अनुसार आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन सुझाव पनि दिए ।  

यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य रामबहादुर मल्लले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको ट्रेड युनियन कांग्रेसले आम श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको उल्लेख गरे । उनले विधि र बिधानमा टेकेर नेपाल ट्रेड युनियनलाई चलाउन सकियो भने श्रमिक मुद्दालाई स्थापित गर्न सकिने बताए । यस्तै नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य देबेन्द्र केसीले बिगतकै समस्या अहिले पनि ट्रेड युनियनको मुद्दा बन्नु बिडम्बना भएको बताए । मुलुकमा तीन तहको सरकार बनेर कार्यान्वयनमा आइसक्दा समेत श्रमिकका समस्या सम्बोधन गर्नतर्फ स्थानीय सरकारले समेत प्रभावकरी भूमिका निर्वाह नगरेको बताए ।  

नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसीले काँग्रेसलाई बलियो बनाउन ट्रेड युनियनकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले ट्रेड युनियन मुद्दालाई काँग्रेसले न्यायोचितरुपमा सम्बोधन गर्नुपर्ने बताए । उनले औपचारिक भन्दा पनि अनौपचारिक सेवा क्षेत्रमा काम गर्ने श्रमिकका सवालमा ट्रेड युनियन काँग्रेसले एजेन्डा बनाएर काम गर्नुपर्ने बताए । यस्तै कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले अझै धेरै ठाउँमा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम ऐन प्रभावकारी लागू नभएका अबस्थामा कोहलपुर नगरपालिकाले भने त्यसको कार्यान्वयनका लागि पहल सुरु गरेको बताइन् । 

कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पवन यादव, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष लक्ष्मी पौडेल, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैशी, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका सचिव हिम केसी, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्मा लगायतले बोलेका थिए । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र बिकको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष नरेश श्रेष्ठले आर्थिक तथा सचिव शिवध्वज शाहीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP