नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वैकुण्ठधाम आध्यात्मिक महोत्सबको तेस्रो दिन ३० लाख दान
वैकुण्ठधाम आध्यात्मिक महोत्सबको तेस्रो दिन ३० लाख दान
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २५, २०८१ बागेश्वरी पोस्ट
वैकुण्ठधाम आध्यात्मिक महोत्सबको तेस्रो दिन ३० लाख दान

नेपालगञ्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगञ्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्ताहरुको उपस्थिति बढ्नुका साथै दान प्राप्त हुने क्रम पनि बढ्दै गएको छ  । कथा वाचनको तेस्रो दिन ३० लाख बढी दान प्राप्त भएको महोत्सव आयोजक समितिले जनाएको छ । आजको कथा वाचनमा नेपालगञ्जसहित यस आसपासका स्थानीय पालिकाबाट पनि संस्थागत सहभागिता रहेको थियो ।

वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको तेस्रो दिनमा ३० लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी दिए । आज पनि पण्डित पोखरेलको प्रवचनका बीचमा उनको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन भएको थियो । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट तालीको गडगडाहटले स्वागत र सम्मान गरिएको थियो ।

आर्थिक समितिले दिएको जानकारी अनुसार आजको कथा प्रवचनका बीच कोहलपुरकी खुमा अर्यालबाट १० लाख ११ हजार रुपैयाँ दान प्राप्त भएको छ भने नेपालगञ्ज-१२ की सुशिला शर्माले ५ लाख ५ हजार वैकुण्ठधाम निर्माणका लागि दान दिएका छन् । त्यसैगरी रुपन्देहीको बुटवल स्थायी घर भई नेपालगञ्जमा बर्षौंदेखि सेवारत प्रसिद्ध चिकित्सक डा. रमेशकुमार श्रेष्ठबाट ४ लाख १० हजार, नेपालगञ्ज-९ का रामचन्द्र आचार्यबाट २ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपालगञ्ज-१० भृकुटीनगरका डा. लक्ष्मण सिग्देलबाट १ लाख १ हजार १११ रुपैयाँ, नेपालगञ्ज-६ की निरु रेग्मीले १ लाख ११५ रुपैयाँ दान गरेको आर्थिक संयोजक श्रेष्ठले बताए । 

वैकुण्ठधामको निर्माणमा आफ्नो सहभागिता जनाउँदै नेपालगञ्ज घर भएर हाल बेलायत बस्दै आएकी प्रान्जली बस्नेतबाट १ लाख १ हजार, नेपालगञ्जका पुराना अधिवक्ता गिरिवर अग्रवालबाट ५१ हजार रुपैयाँ, नेपालगञ्ज घर भई हाल बेलायत बस्दै आएकी करुणा शाहीले ३५ हजार १०० रुपैयाँ, जेष्ठ नागरिक सञ्जालबाट २५ हजार ५५५ रुपैयाँ, कन्हैयालाल टण्डनबाट २५ हजार रुपैयाँ, नेपालगञ्ज-१८ का पूर्णदेव गिरीबाट २५ हजार रुपैयाँ र नेपालगञ्जका खत थापाबाट २५ हजार १०० रुपैयाँ दान प्राप्त भएको आर्थिक संयोजक श्रेष्ठले बताए । आजै मात्र तुलादानबाट २१ हजार र ब्रतबन्धबाट १० हजार २०० रुपैयाँ आम्दानी भएको छ ।  

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए । 

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यस लगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मूल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए । 

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधा सम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरोन्नति गर्दै विद्युतीय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए । 


प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP