नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बैकुण्ठधाम आध्यात्मिक महोत्सबमा भरिभराउ भक्तजन 
बैकुण्ठधाम आध्यात्मिक महोत्सबमा भरिभराउ भक्तजन 
RSG-2
पाँचौं दिनमा २५ लाख बढी संकलन
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २७, २०८१ बागेश्वरी पोस्ट
बैकुण्ठधाम आध्यात्मिक महोत्सबमा भरिभराउ भक्तजन 

नेपालगञ्ज । प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माण सहयोगार्थ नेपालगञ्जमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा कथा वाचनको पाँचौं दिन पुग्दा भक्तजन र श्रोताको उल्लेख्य उपस्थिति देखिएको छ । स्थानीय चलनचल्तीको हिन्दी भाषामा भागवत कथा वाचनको प्रवचन सुन्न नेपालगञ्जका स्थानीयबासीको आजको महायज्ञमा ठूलो संख्यामा सहभागिता रहेको थियो । 

आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आज पनि शिलालेखमा नाम लेखाउन भन्दै २०० बढीले ११ हजार बढीको दान गरे भने यसअघि ११ हजार भन्दा कम दान गरेका भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ ।

कथा वाचनको पाँचौं दिन २५ लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितले जानकारी दिएको छ । वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रवण गर्न आज पनि महायज्ञमा नेपालगञ्जका स्थानीय बैश्य, मारवाडी र मधेशका स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो । 

वाचन शिरोमणि पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको पाँचौं दिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन भएको छ । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीले अभिरुचीपूर्वक श्रवण गरेका थिए ।

आर्थिक समितिले दिएको जानकारी अनुसार कथा प्रवचनका बीच नेपालगञ्जका प्रतिष्ठित पर्यटन व्यवसायी लोकेन्द्र अर्यालले यसअघि बोलेको दान रकममा थप गरेर दान रकम १० लाख ११ हजार ५५५ रुपैयाँ पुर्याए । आजै नेपालगञ्ज-२ की पद्मादेवी रिजालबाट १ लाख ११ हजार १११ रुपैयाँ, पदमबहादुर घर्ती मगरबाट १ लाख १ हजार १११ रुपैयाँ प्रदान भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार पूर्व प्रहरी संगठनको तर्फबाट ६५ हजार २०५,  नेपालगञ्ज २ की अनिता पौडेलबाट ५५ हजार ५५५, शिला श्रेष्ठबाट ५५ हजार ५५५, राँझा निवासी डिल्लीराज रेग्मीबाट ५१ हजार १२०, मारवाडी महिला मञ्चको तर्फबाट ३१ हजार, वागेश्वरी आमा समूहको तर्फबाट ३ हजार, वुद्धिसरादेवी चर्ती मगरबाट २५ हजार ५००, भारती जोशीबाट २५ हजार ५१५, डा. खिमानन्द जोशीबाट २५ हजार ५११, विमला गौतमबाट २५ हजार रुपैयाँ तथा डा. विश्वनाथ शर्माले २५ हजार ३३३ रुपैयाँ बैकुण्ठधाम निर्माणका लागि दान गरेका छन् । 

आध्यात्मिक महोत्सवका बीच आज भएको तुलादानबाट २६ हजार संकलन भएको संयोजक श्रेष्ठले बताए । उनका अनुसार बैकुण्ठधाम सरकारी निकाय समन्वय समितिका संयोजक गेबिन्दप्रसाद पाण्डेकी आमा जुम्ला तातोपानी ४ की रक्षादेवी पाण्डे र नेपालगञ्ज ९ बाँकेगाउँकी सासुआमा विद्यादेवी पन्तको संयुक्त तुलादानबाट २६ हजार प्रदान भएको छ ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । आध्यात्मिक महोत्सव कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मूल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP