prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान ग्रहण गर्न भ्याइनभ्याई
बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान ग्रहण गर्न भ्याइनभ्याई
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २८, २०८१ बागेश्वरी पोस्ट
बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान ग्रहण गर्न भ्याइनभ्याई

नेपालगञ्ज । प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगञ्जमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा आयोजकलाई दाताहरुबाट दान रकम बुझ्न भ्याइनभ्याई भएको छ । महोत्सवको सचिवालयले ४ वटा काउण्टरको व्यवस्था गरे पनि त्यहाँ खटिएका स्वयंसेवकहरुलाई रसिद काट्न भ्याइनभ्याई भएको हो । 

आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आज पनि शिलालेखमा नाम लेखाउन भन्दै ठूलो संख्यामा ११ हजार बढीको दान गर्न दाताहरु महोत्सवस्थल पुगेका थिए । यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ । 

कथा वाचनको छैटौं दिन २० लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रवण गर्न आज पनि महायज्ञमा नेपालगञ्ज र त्यस आसपासका क्षेत्रबाट दर्शनार्थी श्रोताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

वाचन शिरोमणि पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको छैटौं दिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन भएको थियो । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीले अभिरुचीपूर्वक श्रवण गरेका थिए । नेपाली, भोजपुरी, हिन्दी, अवधि भाषामा भजन प्रस्तुत गर्दा श्रोताहरुले नाचेर कलाकारहरुलाई साथ दिएका थिए । 

आर्थिक समितिले दिएको जानकारी अनुसार कथा प्रवचनका बीच वैकुण्ठधाम सिधनियाघाटको मुख्य प्रस्तावक संस्था मल्हमपट्टी मर्निङ वाक ग्रुपको तर्फबाट संयोजक भोला महतबाट १ लाख ११ हजार १११, सदस्य ईश्वर पोखरेलबाट १ लाख ११ हजार १११, वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठबाट १ लाख ११ हजार १११, अधिवक्ता विकास आचार्यबाट १ लाख ११ हजार १११ रुपैयाँ प्रदान भएको छ ।

त्यसैगरी वैकुण्ठधाम निर्माणको सहयोगार्थ नेपालगञ्जका इलेक्ट्रोनिक व्यवसायी चोलराज श्रेष्ठ (चन्द्रमान) बाट १ लाख १ हजार १११, डा. विनोद खेतानबाट १ लाख १ हजार, नेपालगञ्ज १ का लिलानाथ अधिकारीबाट ५३ हजार ६५१, सुनिलकुमार गुप्ताबाट ५१ हजार ५११, अछामी सेवा समाजबाट ४९ हजार ९०६ दान प्राप्त भएको आर्थिक संयोजक श्रेष्ठले बताए । महायज्ञमा दिपादेवी स्वाँरबाट २५ हजार ५५५, यज्ञलक्ष्मी श्रेष्ठबाट २५ हजार १११, यज्ञबहादुर बस्नेतबाट २५ हजार १११, मदनबहादुर केसीबाट २५ हजार १, विणीदत्त घिमिरे र पार्वती घिमिरेबाट २५ हजार तथा डा. कैलाशनाथ साहुबाट २५ हजार प्राप्त भएको उनले बताए । 

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । आध्यात्मिक महोत्सव कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । 


प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP