नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बैकुण्ठधाम महोत्सवः कथा वाचनको अन्तिम दिन ७० लाख बढी संकलन
बैकुण्ठधाम महोत्सवः कथा वाचनको अन्तिम दिन ७० लाख बढी संकलन
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २९, २०८१ बागेश्वरी पोस्ट
बैकुण्ठधाम महोत्सवः कथा वाचनको अन्तिम दिन ७० लाख बढी संकलन

नेपालगञ्ज । प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगञ्जमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सवको भागवत प्रवचनको अन्तिम दिन ७० लाख बढी आर्थिक संकलन भएको छ । भोलि समापनसहित आध्यात्मिक प्रवचन जारी राखिने भए पनि दाताहरुले आजै ठूलो संख्यामा कार्यक्रम स्थलमा उपस्थित भएर दान गरेका थिए । आयोजकले दान लिने तथा प्रवचनको कार्यक्रम भोलि पनि जारी रहने जनाएको छ । 

कथा वाचनको सातौं दिन भूमी दानसहित ७० लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । आजको कथावाचनका बीच सरोज चौधरी र अजितकुमार शर्माले १०/१० लाख दान गरेका छन् । आजै आर्थिक संयोजक श्रेष्ठबाट ५ लाख ११ हजार १११, अशोक श्रेष्ठबाट ५ लाख, टोपबहादुर थापाले १ लाख ५१ हजार बैकुण्ठधाम निर्माणका लागि दान गरेका छन् । 

त्यसैगरी बरिष्ठ अधिवक्ता ध्रुव बस्यालबाट १ लाख २१ हजार १२१, फत्तेबाल आँखा अस्पतालका प्रमुख डा. कौशलकुमार बर्माबाट १ लाख २१ हजार, सुमन/सीमा गौतमबाट १ लाख ११ हजार १११, आदर्श माध्यमिक विद्यालयबाट १ लाख ११ हजार १११, भ्यू सिद्धार्थ होटल नेपालगञ्जबाट १ लाख ११ हजार १११, पानस फर्मास्युटिकल्सबाट १ लाख ११ हजार दान प्राप्त भएको आयोजकले जनाएको छ । 

सुरेन्द्रकुमार कुर्मीबाट ६१ हजार ५५५ प्रदान भएको छ भने वैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ दान गर्नेहरुमा इ. तिर्थप्रसाद श्रेष्ठ/मिठु श्रेष्ठ, मिना/मुकुट ढकाल, कुलराज राजभण्डारी, बिनमकुमार शर्मा रहेका छन् । विजय गुप्ताबाट ५५ हजार ५५५, विनयकुमार शर्माले ५५ हजार ५५५ प्रदान गरेका छन् ।

त्यस्तै डा. जीराज शाक्यबाट ५२ हजार, विष्णुप्रसाद श्रेष्ठ/सरिता श्रेष्ठबाट ५१ हजार ५५५ रुपैयाँ दान प्राप्त भएको छ । ५१ हजार १११ दान गर्नेहरुमा सुरेन्द्रकुमार शर्मा र बुद्धिप्रसाद अधिकारी रहेका छन् । यज्ञबहादुर शाक्य/रत्ना श्रेष्ठबाट ५१ हजार १०५ प्रदान भएको छ ।

महायज्ञमा ५१ हजार दान गर्नेहरमा शिखा एकेडेमी कोहलपुर, नेपालगञ्ज बार एशोसियसन, तिरुपति बालाजी मन्दिर व्यवस्थापन समिति तथा आमा समूह, जयबहादुर खत्री, अनिता टिबडेवाल, रामचन्द्र गोयल, कैलाशचन्द्र शर्मा र मारवाडी युवा मञ्च रहेका छन् । आजै हुलाकी सडक निर्देशनालय, नेपालगञ्ज योजना कार्यालयबाट ३७ हजार ३३१ रुपैयाँ, ब्राहमण समाज नेपालगञ्जबाट २८ हजार १०५ प्रदान भएको छ । 

आजको कथा वाचनका क्रममा बालबालिकाले पनि दान गरेका छन् । महायज्ञमा आएका ४ बर्षीय देवांश श्रेष्ठबाट ११ हजार १११, ४ बर्षीय आरभ र ९ बर्षीय आर्य श्रेष्ठबाट ११ हजार १११, आध्या श्रेष्ठबाट ११ हजार १११ रुपैयाँ दान प्राप्त भएको आयोजकले जनाएको छ । आज २५ हजार बराबरको दान गर्नेहरु एक सय बढी दाताहरु रहेका थिए भने शिलालेखमा नाम लेखाउन ११ हजार बढी जम्मा गर्ने ५ सय बढी दाताहरु यज्ञस्थलमा आएको आर्थिक संयोजक श्रेष्ठले बताए । 

बाँकेमा कार्यरत सरकारी कार्यालय तथा कर्मचारीहरुका तर्फबाट भोलि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा दान गर्न आउने प्रतिबद्धता प्राप्त भएको महोत्सवको सरकारी निकाय समन्वय उपसमितिका संयोजक तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद पाण्डेले जानकारी दिए ।  

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । 


प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP