prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज आएर मन्त्री न्यौपानेले भने-'यातायात कार्यालय सर्दैन'
नेपालगञ्ज आएर मन्त्री न्यौपानेले भने-'यातायात कार्यालय सर्दैन'
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ३०, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज आएर मन्त्री न्यौपानेले भने-'यातायात कार्यालय सर्दैन'

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री मा. प्रचण्ड विक्रम न्यौपानेले नेपालगञ्जस्थित यातायात कार्यालय नसर्ने स्पष्ट पारेका छन । नगर प्रमुख, उपप्रमुख लगायत नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आज उपमहानगरपालिका कार्यालयमै भएको भेट तथा छलफल कार्यक्रममा मन्त्री न्यौपानेले कार्यालय सार्ने कुनै निर्णय नभएको स्पष्ट पारे । उनलाई नगर प्रमुख प्रशान्त विष्टले आफ्नो कार्यकक्षमा स्वागत गरेका थिए । मन्त्री न्यौपानेले पुस महिनाभित्र कुनै एक संघीय वा प्रदेश कार्यालयमै यातायात कार्यालय व्यवस्थापन गरिने बताएका छन् ।

May be an image of 2 people and text

"तपाईं हामी सबै मिलेर कुनै सरकारी भवन रहेको उपयुक्त ठाउँमा कार्यालय सार्ने गरी लागौं," उनले भने-"अहिले कार्यालय रहेको ठाउँ पनि उपयुक्त छैन, सम्झौता अवधि पनि पुसमा सकिँदैछ, त्यसैले भाडा तिर्नु नपर्ने गरी सरकारी संरचना भएकै ठाउँमा सार्ने गरी लागौं ।" उनले कार्यालय सर्ने हल्ला कसरी भयो आफूले बुझ्न नसकेको बताए । उनले कोहलपुरमा सेवा विस्तार गर्न लागिएको स्पष्ट पारे । त्यहाँ एक्सटेन्सन काउन्टर मात्रै रहने मन्त्री न्यौपानेले बताए । कोहलपुरबाट रिन्यु र पटके सेवा मात्रै उपलब्ध उनको भनाई छ । आफू मन्त्री हुने वित्तिकै यातायात क्षेत्र सुधार कार्यदल बनाएको र उक्त कार्यदलले बाह्रै जिल्लामा यातायात क्षेत्र सुधारका लागि निकालेको निक्र्यौलका आधारमा काम गने मन्त्री न्यौपानेले बताए । उनले उक्त कार्यदलले नेपालगञ्जको कार्यालय सार्ने भन्ने कुरा कहीँकतै नलेखेको र निर्णय पनि नभएको स्पष्ट पारेका हुन् । स्रोत साधन र जनशक्ति व्यवस्थापन गरेर सेवा कार्यालय र ट्रायल सेन्टर विस्तार गर्ने योजनामा आफू रहेको बताए । उनले अर्को आर्थिक बर्षमा नेपालगञ्जमा पनि ट्रायल सेन्टर स्थापना गर्न बजेट सुनिश्चितता गर्ने समेत बताए ।

May be an image of 2 people and text

नगर प्रमुख विष्टले मन्त्री न्यौपानेसमक्ष नेपालगञ्जमा थुप्रै सरकारी भवन, संरचना र पूर्वाधार रहेको चर्चा गर्दै ती मध्ये उपयुक्त ठाउँमा कार्यालय व्यवस्थापन गर्न सकिने विकल्प रहेकोमा जोड दिए । यो क्षेत्रका लागि नेपालगञ्जमा पनि ट्रायल सेन्टर अति आवश्यक रहेको भन्दै नगर प्रमुख विष्टले त्यसका लागि समेत विभिन्न विकल्पहरु मन्त्री न्यौपानेलाई सुनाएका थिए । उपप्रमुख कमरुद्दिन राई, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडा अध्यक्ष दिपककुमार बर्मा, वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहुले नेपालगञ्जमा यातायातको आफ्नै भवन र संरचना व्यवस्थापनका लागि नेपालगञ्ज प्रतिबद्ध रहेको बताउँदै ट्रायल सेन्टर पनि नेपालगञ्जमा स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । एकपछि अर्को गर्दै विभिन्न कार्यालय नेपालगञ्जबाट अन्यत्र सार्दै गइरहेको अवस्थामा नेपालगञ्जबासी चिन्तित रहेको भन्दै उनीहरुले यसपटक पनि विगतको घटनाले आफूहरुलाई झस्काएको बताए । थुप्रै सम्भावनाको पुरानो सहर नेपालगञ्जलाई राजधानी दौडमा पनि पछाडि पारिएको विगत स्मरण गराउँदै अब पनि अपहेलना गरिए स्वीकार्य नहुने जनप्रतिनिधिको चेतावनी छ ।

No photo description available.

त्यस अवसरमा लुम्बिनी प्रदेश सांसद मिना श्रेष्ठ, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन, वडा नम्बर २० का अध्यक्ष कौशलकुमार धोबी, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, यातायात कार्यालय प्रमुख लोकबहादुर सुनार, प्रशासन अधिकृत इन्द्र केसी लगायत उपस्थित थिए । 

May be an image of 5 people and daisNo photo description available.


प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP