नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बैकुण्ठधाम निर्माण योजना लुम्बिनी सरकारको उच्च प्राथमिकतामा: मुख्यमन्त्री आचार्य
बैकुण्ठधाम निर्माण योजना लुम्बिनी सरकारको उच्च प्राथमिकतामा: मुख्यमन्त्री आचार्य
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ५, २०८१ बागेश्वरी पोस्ट
बैकुण्ठधाम निर्माण योजना लुम्बिनी सरकारको उच्च प्राथमिकतामा: मुख्यमन्त्री आचार्य

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । 

वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समिक्षा बैठकलाई आज नेपालगञ्जमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले बहुबर्षिय आयोजनामा समावेश गरेर उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका हुन् । ‘यो निकै राम्रो सामाजिक कार्य हो । यो दल, उ दल भन्दा पनि आम नागरिकको सहभागितामा अघि बढेको यो कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्नेछ,’ मुख्यमन्त्री आचार्यले भने, ‘जग्गा प्राप्ति र डिपिआर निर्माण गरेर आयोजना कार्यान्वयनलाई अघि बढाउन जरुरी छ । महायज्ञबाट पनि यहाँहरुले लगानी जम्मा गर्नुभएको छ । सबै स्रोतहरुको सही परिचालन गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्नेछ ।’ 

डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदी तटमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्न थालिएको छ । समुदायको अग्रसरतामा अघि बढेको कामलाई प्रदेश सरकारले साथ दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे । विद्युतीय शवदाहगृहसहित सिधनियाघाट निर्माण हुने र अर्काे पाटोमा किरियापुत्री घर, मन्दिर, सभाहल, ध्यान केन्द्र, पितृको मृत्युकर्म, सोह्र श्रद्धाकर्म एवम् पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने आध्यात्मिक उपवन ‘वैकुण्ठधाम’ आयोजना अघि बढाइएको छ । वैकुण्ठधाम निर्माणका लागि नागरिक सहभागिता जुटाउन कार्तिक २२ गतेदेखि महायज्ञ समेत सञ्चालन गरिएको थियो । यज्ञमा करीब तीन करोड दान संकलन भएको थियो । समिक्षा बैठक वैकुण्ठधाम सिधनियाघाट समितिका अध्यक्ष डा. सुरेशकुमार कनौडियाको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP