नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नरैनापुर पुगेर मुख्यमन्त्रीले भने-'पिछडिएको भूगोललाई प्राथमिकतामा राखेर काम गर्छौं'
नरैनापुर पुगेर मुख्यमन्त्रीले भने-'पिछडिएको भूगोललाई प्राथमिकतामा राखेर काम गर्छौं'
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ५, २०८१ बागेश्वरी पोस्ट
नरैनापुर पुगेर मुख्यमन्त्रीले भने-'पिछडिएको भूगोललाई प्राथमिकतामा राखेर काम गर्छौं'

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताएका छन् । बाँकेको नरैनापुरमा नेकपा एमालेले आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकितामा राखेर योजना तर्जुमा गर्ने स्पष्ट पारे । ‘प्रदेश समग्र विकास नरैनापुरको विकाससंग जोडिएको छ । यहाँका नागरिकको जीवनस्तर उठेपछि प्रदेशको विकास भएको मानिनेछ,’ मुख्यमन्त्री आचार्यले भने, ‘त्यही भएर नरैनापुरको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिंचाई सबै प्रकारको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’ सिमान्तकृत समुदायको जीवनस्तर उठाउने गरी कार्यक्रम निर्माण गरेको उनले बताए । 

आचार्यले नरैनापुर लगायतका क्षेत्रको अवलोकन गर्ने क्रममा प्राप्त भएका मागहरुलाई आगामी बर्षको बजेटमार्फत सम्वोधन गर्ने प्रतिबद्धता जनाए ।  ‘यहाँहरुको समस्यालाई प्रदेश सरकारले नजिकबाट हेरेको छ । बुझेको छ । हामी आउने बर्षको बजेटमार्फत सम्वोधन गर्छौं,’ उनले भने ,‘चालु बर्षको बजेट बनिसकेको छ । बजेट रकमान्तरण गर्न मिल्दैन । पूरक बजेट ल्याउन मिल्दैन । आउँदो बर्षको बजेटमा सरकारले उच्च प्राथमिकतामा राख्नेछ ।’ नरैनापुरको समग्र विकासमा तीन तहका सरकारले एकिकृत योजना निर्माण गरेर कार्यान्वयनमा लग्न सकिने भएकाले त्यसका लागि समन्वय गरिने भनाई मुख्यमन्त्री आचार्यको छ । 

संघीय सरकारले जनताको तटबन्ध कार्यक्रममार्फत राप्ती नदी तटबन्ध गर्दै आइरहेको छ । तर, तटबन्धको कामले गति लिएको छैन । जनताको तटबन्ध कार्यालयका प्रमुखसंग छलफल गर्ने, त्यहाँबाट सम्वोधन हुन नसके प्रदेश सरकारले तटबन्धको योजना अघि बढाउने उनले बताए ।  ‘नरैनापुरमा विगत र वर्तमानमा भएको प्रगतिको तुलना गर्न जरुरी छ । २०७४ साल अघि र त्यसपछि भएका कामको तुलना ग¥यौं भने सही मार्ग प्राप्त हुनेछ,’ उनले भने ,‘केही भएको छैन भन्ने भाष्यलाई तोड्न जरुरी छ । तीन तहका सरकारले काम गरिरहेका छन् ।’ 

सिंचाईको वर्तमान समस्या सिक्टा सिंचाई आयोजना कार्यान्वयनमा आएपछि समाधान हुने उनले बताए । ‘यहाँको सिंचाईको समस्या सिंगो प्रदेशको समस्या हो भनेर बुझेका छौं । त्यस अर्थमा यहाँको सिंचाई समस्या समाधान भएपछि नागरिकको जीवनस्तर सुधार हुनेछ,’ उनले भने, ‘संघीय सरकारले यस आयोजनालाई गति प्रदान गर्नेछ । केही दिनमा यहाँको अध्ययन पनि हुँदैछ ।’


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेबाट एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस
बाँकेबाट एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP