prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कर्मचारीलाई मन्त्री तिमिल्सिनाले भने-'इमान्दार भएर काम गर्नुस्'
कर्मचारीलाई मन्त्री तिमिल्सिनाले भने-'इमान्दार भएर काम गर्नुस्'
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १२, २०८१ बागेश्वरी पोस्ट
कर्मचारीलाई मन्त्री तिमिल्सिनाले भने-'इमान्दार भएर काम गर्नुस्'

नेपालगन्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कर्मचारीहरुलाई इमान्दारपूर्वक काम गर्न निर्देशन दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन बाँकेको आयोजनामा मन्त्रीको बधाई, स्वागत तथा सम्मानमा आज नेपालगन्जमा आयोजित कार्यक्रममा उनले कर्मचारीहरुको सहयोग भएन भने अपेक्षाकृत काम गर्न नसकिने बताए । 

उनले जिम्मेवारीमा बसिसकेपछि इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले भने-`जहाँ काम गर्नु हुन्छ, त्यहाँ इमानदार भएर काम गर्नुस् । जनतालाई सेवा दिनुस्।´ उनले कर्मचारी सरुवामा हुने पहुँचलाई रोक्नुपर्ने बताए । 

उनले दुई ठूला दल एक ठाउँमा आउनुलाई जनताको आवश्यकता हो भनेका छन् । कांग्रेस र एमाले नमिल्दा मुलुकमा अस्थिरता कायम नै रहने अवस्था देखिएपछि ठूला दुई दल मिलेको उनले बताए । मुलुक अब कसैको छलकपट र झुटमा नचल्ने भन्दै उनले नागरिकलाई सहज सेवा दिनु जनप्रतिनिधि र कर्मचारी दुबैको भूमिका भएको बताए । उनले बाँके बर्दियाको विकासमा आफ्नो सदैव अगुवाइ गर्ने बताए । 

नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारीले कर्मचारी देशको स्थायी सरकार भएकाले मन्त्रीलाई सफल बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए ।  उनले बाँके बर्दियाको विकास निर्माणमा सहजीकरण गर्न मन्त्री तिमिल्सिनासंग आग्रह गरे । उनले बाँके बर्दियाको बिकास निर्माणका कामको अगुवा गर्न पनि उनले मन्त्रीसँग आग्रह गरे । यस्तै नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले मन्त्री तिमिल्सिनाले कर्मचारीहरुले नागरिकहरुलाई सुशासन दिन आवश्यक रहेको बताए । जनताका प्रत्येक समस्यासंग कर्मचारीहरु जानकार रहेकाले त्यसै अनुसार सेवा दिन आग्रह गरे । उनले मुलुकको परिवर्तनप्रतिको बिश्वास कायम राख्ने दायित्व कर्मचारीको पनि भएको बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले युनियन आवद्ध कर्मचारीहरुलाई नागरिकमत्री सेवा दिन सुझाव दिइन् । सार्वजनिक लेखा समिति सदस्य समेत रहेकी उनले बेरुजु फर्च्यौटमा सहयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गरिन् । यस्तै लुम्बिनी प्रदेशसभा सदस्य शुशिला वादी नेपालीले देशलाई असल बाटोमा लैजान कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताइन् । उनले देशलाई सुशासनको बाटोतिर लैजान लुम्बिनी प्रदेश सरकारलाई सुझाव दिइन् । 

नेपाल निजामती युनियनका नेता मानबहादुर गिरीले मन्त्रीले बनाएका योजनाहरु कर्मचारीहरुले कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने-`मन्त्रीज्युमा काम गर्ने हुटहुटी छ । अत्यन्तै सहज, सरल र सादगी भएको पनि मैले पाएको छु । उहाँले बनाएका योजनाहरु स्वभाविकरुपमा कार्यान्वयन गर्ने हाम्रो दायित्व हो । अझ युनियनका कर्मचारीहरुले थप सहजीकरण गरेर सहज बनाइदिनु पर्छ ।´ उनले प्रदेश सरकारले लिएका योजना र नीतिगत कुराहरु युनियनका कर्मचारीहरुले कार्यान्वयन गरेर सहजीकरण गरिदिनुपर्ने बताए ।

कार्यक्रममा पूर्व कर्मचारीहरुको तर्फबाट शिवराज तिमिल्सिना, नेपाल निजामती कर्मचारी युनियन बाँकेका महाधिवेशन प्रतिनिधि नगेन्द्र शाही लगायतले बोलेका थिए । नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्वव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव पवन बुढाले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, करीब २७५ जना सहभागी हुँदै
बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, करीब २७५ जना सहभागी हुँदै
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP