नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • घरेलु तथा साना उद्योग महासंघको नवनिर्वाचत कार्यसमितिलाई कांग्रेस बाँकेको बधाई
घरेलु तथा साना उद्योग महासंघको नवनिर्वाचत कार्यसमितिलाई कांग्रेस बाँकेको बधाई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १५, २०८१ बागेश्वरी पोस्ट
घरेलु तथा साना उद्योग महासंघको नवनिर्वाचत कार्यसमितिलाई कांग्रेस बाँकेको बधाई

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको नवनिर्वाचत कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज एक कार्यक्रमका बीच नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरिएको हो । नवनिर्वाचित कार्यसमितिलाई कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारी, उपसभापति कृष्ण बहादुर कार्की र सचिव सुधांशु कोइरालाले अबिर र खादा लगाएर बधाई दिएका थिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेमा समर बहादुर खत्रीको नेतृत्वमा २० सदस्यीय कार्यसमिति तथा महिला उद्यमीतर्फ मिना डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

त्यस अवसरमा बोल्दै कार्यबहाक सभापति अधिकारीले नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउने विश्वास ब्यक्त गरे । उनले धर्मराउँदै गरेको व्यवसाय र खस्किँदै गरेको मनोबललाई उकास्ने गरी काम गर्न आग्रह गरे । अधिकारीले कांग्रेस बाँके सधैं संघको साथमा रहेको भन्दै संघको आफ्नै भवन बनाउन जग्गा खोजीका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उपसभापति कार्कीले नयाँ नेतृत्वले घरेलु तथा साना उद्योगीहरुको पक्षमा महत्वपूर्ण काम गर्ने विश्वास ब्यक्त गरे । 

May be an image of 14 people and text

नवनिर्वाचित अध्यक्ष खत्रीले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता ब्यक्त गरे । उनले घरेलु तथा साना उद्योगीको पक्षमा दृढतापूर्वक उभिएर व्यवसायिक हकहितका लागि काम गर्ने बताए । महिला अध्यक्ष डाँगीले संघको आफ्नै भवन नभएकाले भवन बनाउने काम आफूहरुको प्राथमिकतामा रहेको बताइन् । कार्यक्रममा संघका केन्द्रिय सदस्य जीवनाथ सापकोटाले पनि बोलेका थिए । कार्यक्रम सञ्चालन कांग्रेस बाँकेका सचिव कोइरालाले गरेका थिए । 

संघको बरिष्ठ उपाध्यक्षमा किरण कुमार कार्की, महासचिव दीपकराज भण्डारी, कोषाध्यक्ष हुमाशंकर ओली र सचिव नन्दकली कँडेल (खरेल) निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मोहन रिजाल, सलिल खड्का, अर्जुन कुमार चौधरी, अजय कुमार बर्मा, इन्द्रबहादुर खत्री, सफी मोहम्मद गुजर, माधव प्रसाद रिजाल, डिलाराम शर्मा पौडेल, सुमन धिमाल, जित प्रसाद कँडेल, रुद्र बहादुर कँडेल, विधान न्यौपाने, समिता राणा र अर्चना घिसिंग निर्वाचित भएका छन् । 

May be an image of 11 people and text

यस्तै महिला समितिमा बरिष्ठ उपाध्यक्ष विष्णु चौधरी, उपाध्यक्ष पुनम बर्मा, महासचिव रिता चन्द योगी र कोषाध्यक्ष घना खनाल तथा सदस्यहरुमा सरस्वती विष्ट, मिना कुमारी बुढाथोकी र नजिया शर्मा अली निर्वाचित भएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा महेन्द्र मल्ल ठकुरी, सुमन पौडेल र गोपाल अधिकारी चयन भएका छन् । 

May be an image of 12 people and people studying

May be an image of 12 people and text


प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP