नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'टोल–टोलमा काँग्रेस' अभियानले ल्याएको उत्साह
'टोल–टोलमा काँग्रेस' अभियानले ल्याएको उत्साह
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १५, २०८१ बागेश्वरी पोस्ट
'टोल–टोलमा काँग्रेस' अभियानले ल्याएको उत्साह

नेपालगञ्ज । बाँके क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसले ‘टोल–टोलमा काँग्रेस अभियान’लाई तीब्रता दिएको छ । राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र कोहलपुर नगरपालिका क्षेत्र समेटिएको क्षेत्र नम्वर १ मा क्षेत्रीय सभापति पोषण केसीको नेतृत्वमा टोल–टोलमा काँग्रेस अभियानलाई तीब्रता दिइएको हो । दुई सय ५० बढी टोल रहेको यी क्षेत्रमा हालसम्म एक सय टोलमा अभियान पूरा भएको सभापति केसीले बताए । 

‘यसअघिका अभियानहरु वडासम्म पुग्ने गरेका थिए,' उनले भने–‘तर यो पटक टोल–टोलमा पुगेर स्थानीयका समस्या सुन्ने र समाधानका लागि पनि पहल गर्ने गरेका छौं । कार्यकर्ताहरु पनि उत्साहित भएका छन् ।’ जुन–जुन समस्या स्थानीयले उठाउने गरेका छन्, ती समस्याको सम्वन्धीत निकायबाट समाधानको प्रयास तत्काल थाल्ने काम भइरहेकाले स्थानीय कार्यकर्ताहरु खुसी भइरहेको उनले बताए । ‘राप्तीसोनारीको बैजापुरमा स्थानीय १७–१८ जना थारु युवाहरुलाई झुट्टा मुद्दा लगाएर फसाइएको रहेछ,' उनले भने–‘हाम्रो टोल अभियानमा परिवारले दुखेसो पोखे, तत्काल सरकारी वकिल र प्रहरी प्रशासनसँग सहकार्य गरेर उनीहरुलाई न्याय दिन सकियो ।’ 

May be an image of 16 people, crowd and text

स्थानीयबासीहरुले सडक, विजुली बत्ती लगायतका सवालमा गुनासो गर्ने गरेको पाइएको पनि उनले बताए । ती समस्या समाधानका लागि तत् कार्यालयहरुसँग समन्वय र सहकार्य गर्ने काम आफूले गर्दै आएको पनि उनले बताए । स्थानीय सरकारसँग थुप्रैका गुनासाहरु रहेकाले ती गुनासो सम्वोधन गर्न स्थानीय सरकारसँग पनि समन्वयकारी भूमिका खेल्ने गरिएको उनको भनाई छ । 

अभियान अन्तर्गत शुक्रबार कोहलपुर नगरपालिका वडा नम्वर ४ र ११ मा कार्यक्रम गरिएको छ । दुबै कार्यक्रममा उपस्थित काँग्रेस कार्यकर्ताले आगामी २०८४ सालमा हुने निर्वाचनका लागि अहिलेदेखि नै जनताका समस्या र गुनासालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको र संगठनको आन्तरिक जीवनका साथै विकास निर्माणका योजना तथा स्थानीय जनताले भोग्नुपरेका समस्या र समाधानको उपायका बारेमा छलफल गरिएको क्षेत्रीय सभापति केसीले बताए । 

कोहलपुरको वडा नम्वर १ मा अभियान सम्पन्न भइसकेको छ । यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्वर २ मा आज शनिवार टोल–टोलमा काँग्रेस अभियान राखिएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले बताए । राप्तीसोनारीका वडा नम्वर १,३, ४, ५, ६, ७ र ८ मा टोल–टोलमा काँग्रेस अभियान सम्पन्न भइसकेको छ । वडा नम्वर ९ मा भने बाँकी छ । 

May be an image of 8 people and text

May be an image of 19 people and text


प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP