prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज कनक्लेभमा इतिहासदेखि सिनेमासम्मको बहस
नेपालगञ्ज कनक्लेभमा इतिहासदेखि सिनेमासम्मको बहस
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २१, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज कनक्लेभमा इतिहासदेखि सिनेमासम्मको बहस

नेपालगञ्ज । धारा नेपालगञ्ज म्याराथनको दशौं संस्करणको पूर्व सन्ध्यामा आयोजित नेपालगञ्ज कनम्लेभको दोस्रो दिन इतिहास शिक्षाको महत्वदेखि सिनेमा र साहित्यले दर्शाएको समाज परिवर्तनको चित्रबारे बहस भएको छ । 

‘ऐच्छिक होइन, अनिवार्य इतिहास शिक्षा’ विषयक आफ्नो विद्धत प्रवचनमा पत्रकार तथा इतिहास लेखक मोहन मैनालीले इतिहासको सही अध्यापन विद्यालयस्तरमा नहुँदा त्यसले सृजना गरेका भ्रमहरुमाथि व्याख्यान दिए । उनले प्रस्तुतिका क्रममा भने, ‘इतिहासको काल भुत त हुँदै हो, वर्तमान र भविष्यत काल पनि हो । यसले अहिलेलाई र भविष्यलाई पनि प्रभावित गरिररहेको हुन्छ । त्यसैले यसलाई ऐच्छिक नभएर अनिवार्य विषय बनाउनुपर्छ । जुन विषय पढे पनि इतिहास अनिवार्य पढाउनुपर्छ ।’ मैनालीले नेपालमा इतिहास पढाउँदा हुँदै नभएको कुरालाई लहड र हल्लाका भरमा पढाइने गरेका दृष्टान्तहरु प्रस्तुत गरे । उनले नेपालमा इतिहास पढाउँदा गरिएका गल्तीहरुका उदाहरण प्रस्तुत गर्दै भने, ‘हामीलाई अपूरो इतिहास पढाइएको छ । हल्लैहल्लाको इतिहास पढाइएको छ । पुर्खाको मानमर्दन गरिएको छ ।’ 

कनक्लेभको दोस्रो शत्रमा विषय थियो, ‘जलवायु परिवर्तनः पग्लिँदै हिमाल, तात्दै गएको तराई’ । उक्त शत्रका बक्ताहरुले जलवायु परिवर्तनले पारेका प्रभाव र त्यससँग लड्नका लागि भइरहेका प्रयास र उपायहरुबारे छलफल गरे । उक्त शत्रमा बोल्दै जलवायु परिवर्तन विज्ञ डा. विमल रेग्मीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक हिसाबले कसरी जलवायु परिवर्तनको विषयलाई उठाइएको छ भन्ने कुरा पनि महत्वपूर्ण हो । यो राजनीतिक प्राथमिकतामा परेको छैन । यसको पीडा भोगेकाहरुका कुराहरु र यो मुद्दाको स्थानीयकरण हुन सकेको छैन ।’ 

यसैगरी बरिष्ठ आर्किटेक्ट दिव्या आचार्यले १ प्रतिशतले तापक्रम बढ्दा २ प्रतिशत भन्दा बढीले बाल मृत्युदर बढ्ने अनुमान गरिएको बताउँदै यसले समग्र उत्पादकत्वमा पनि असर गर्ने बताए । संरक्षणकर्मी आशिष चौधरीले टिप्पणी प्रस्तुत गर्दै चुरे क्षेत्रको दोहनको विषय अहिले तराईका लागि ठूलो समस्याको रुपमा देखिएको बताए ।

कनक्लेभको तेस्रो शत्रमा ‘किन दौडिन्छ मान्छे ?’ शिर्षकमा ओलम्पियन धावक सन्तोषी श्रेष्ठ, पाइलट विजय लामा, मिस नेपाल आश्मा केसी र फिल्म निर्देशक मनोज पण्डितले बहस गरे । श्रेष्ठले मानिसको डिएनएमा नै दौड रहेको बताए भने लामाले शरीर र मनलाई एकाकार गर्न मान्छे दौडिनु आवश्यक रहेको बताए । पण्डितले भने अहिलेको समयमा मानिसको यात्रा बाहिरी दुनियाँमा नभई आन्तरिक संसारमा हुनुपर्ने बताए । केसीले मानिसको जीवनको दौड र खेलको दौडको सम्बन्ध हुने बताए । प्राध्यापक केशव सिग्देलले मानिसमा आशा बाँकी रहीराख्नका लागि दौडमा सामेल भइरहनु जरुरी रहेको बताइन् ।

कनक्लेभको अर्को शत्र  ‘शिक्षामा सरकारै सरकारका खाडलः प्रणाली सुध्रिने कहिले ?’ भन्ने शिर्षकमा थियो । उक्त शत्रमा बोल्दै शिक्षाविद विद्यानाथ कोइरालाले नेपालको शिक्षा प्रणाली बदल्न नसकिने बताए । तर, यसको सुधारका लागि शिक्षकको पढाउने शैली र चिन्तनको विकास गराउनुपर्ने बताए । उनले भने, ‘शिक्षाले बेरोजगार बनायो भन्नु भन्दा कसरी रोजगारमा जोड्ने भन्ने चिन्तन हुनुपर्छ । हामी बहुुलता भएको देशमा छौँ । यसलाई सिंगार्नुपर्छ । त्यो सिकाउनुपर्छ । अहिलेको शिक्षाले त्यो सिकाउन नसकेको हो ।’ 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र कोहलपुरकी उममेयर संगीता सुवेदीले शिक्षाका नीतिमा एकरुपता हुनुपर्ने र सामुदायिक विद्यालयको भौतिकदेखि शैक्षिक जनशक्ति सुधार गर्नुपर्ने बताए ।

कनक्लेभको अन्तिम शत्रमा  ‘साहित्य र समाजको ऐनामा समाज परिवर्तनको चित्र’ विषयक छलफल भयो । उक्त शत्रमा साहित्यकारहरु नयनराज पाण्डे, रमेश क्षितिज र रेशम विरही तथा चलचित्र अभिनेत्री केकी अधिकारीले बहस गरे । उनीहरुले साहित्यले समाजमा तुरुन्तका तुरुन्तै परिवर्तन ल्याउने नभई यसले समाजको मनोविज्ञान र चेतनामा प्रभाव पार्ने बताए । यसले पार्ने सोही प्रभावले समाजमा परिवर्तन ल्याउन भूमिका खेल्ने उनीहरुको मत थियो ।

नेपालगञ्ज म्याराथनको पूर्व सन्ध्यामा आयोजक क्रियटिभ ह्याड्सले समाजका विभिन्न मुद्दाहरुमा बहस गराउँदै आएको छ । गत बर्ष एक दिन भएको नेपालगञ्ज कनक्लेभ यस बर्ष दुई दिनसम्म चलेको हो । कनक्लेभको पहिलो दिन विहीबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग संवाद, देशले गर्छ विद्युत निर्यातः नेपालगञ्जले भोग्छ उर्जा संकट, व्यापार घाटाको दिगो व्यवस्थापनः निर्यात वस्तुमा वृद्धि, पर्यटनको नक्सामा पश्चिम नेपालको नयाँ सर्किट, नेतृत्वको खडेरी दलमा, देशमा शिर्षकमा बहस गरिएको थियो 


प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP