नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बर्दिया आउँदै गरेको हायस दाङको च्याउखोलामा दुर्घटना, २ जनाको मृत्यु,१२ घाइते
बर्दिया आउँदै गरेको हायस दाङको च्याउखोलामा दुर्घटना, २ जनाको मृत्यु,१२ घाइते
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १, २०८१ बागेश्वरी पोस्ट
बर्दिया आउँदै गरेको हायस दाङको च्याउखोलामा दुर्घटना, २ जनाको मृत्यु,१२ घाइते

नेपालगन्ज  । दाङको लमही नजिक यात्रुबहाक हायस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–९ च्याउखोला नजिकै कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ आउँदै गरेको लु १ ज ४२९८ नम्बरको विङगर आज विहान करिव ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका-३ का ४२ बर्षीय पृथी थारु र ६० बर्षीया फूलसी थारुको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही अस्पताल पु¥याए लगतै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनाका मध्यम अवस्थाका थप १२ जना घाइतेको लमहीमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तीब्र गतिको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सडकदेखि झन्डै ५० मिटर तल खसेको छ । गाडीमा जम्मा १४ जना सवार थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गाडी चालक कपिलबस्तुको शिवराज नगरपालिका – ५ का ३२ बर्षीय अशोक कोइराला प्रहरी नियन्त्रणमा छन् । चालकसहित गाडीमा कुल १५ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु सबै बर्दियामा आफ्नो जातिको धार्मिक कार्यक्रममा जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

दुर्घटनाका घाइते सबै एकै ठाउँका हुन् ।

१२ जना घाइतेहरुको नाम-

१– कपिलबस्तु – ३ की ४५ बर्षीया मिथिला थारु

२– बर्ष ६५ की चेहली थारु

३– बर्ष ७७ की दर्सनी थारु

४ – बर्ष ६० की महङ्गी थारु

५– बर्ष ४० की सरिता थारु

६– बर्ष ५५ की रामपियारी थारु

७ – बष ४७ का रामचन्द्र थारु

८– ४५ का बुद्धि चौधरी

९ – बर्ष ४५ की फूलबजनी चौधरी

१० –बर्ष ४५ की डुड्डी थारु

११ – कपिलबस्तु – ५ का बर्ष ३८ का बुद्धराम थारु

१२ – सोही ठाउँका बर्ष ३६का सरुेश यादव ।

 


प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP