prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई कांग्रेस बाँकेको बधाई
पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई कांग्रेस बाँकेको बधाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई कांग्रेस बाँकेको बधाई

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । मंसिर २८ गते सम्पन्न निर्वाचनबाट केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित भएकाहरुलाई कांग्रेस बाँकेले अबिर, माला र खादा लगाई सम्मान गरेको हो । सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित प्रदेश र जिल्ला कार्यसमिति तथा केन्द्र र प्रदेश पार्षदलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले नवनिर्वाचित टिमले पत्रकारका पक्षमा उत्कृष्ट काम गर्ने विश्वास ब्यक्त गरे । उनले स्थानीय सरकारहरुले गरेका राम्रा कामहरुको बारेमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिए । सभापति गौडेलले कांग्रेस पत्रकारहरुसंग संगसंगै रहेको भन्दै आफ्नो पार्टीका बारेमा पनि स्वस्थ आलोचना गर्न आग्रह गरे । नवनिर्वाचित टिम जुझारु देखिएको बताउँदै उनले अब्बल सावित गर्न उत्कृष्ट कार्य सम्पादनका लागि सुझाब दिए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित अध्यक्ष नवीन गिरीले पत्रकारको हकहित संरक्षण र व्यवसायिक सुरक्षामा खरो उत्रिने बताए । नयाँ पत्रकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने बताउँदै उनले नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्न विशेष ध्यान दिने उल्लेख गरे । उनले पत्रकारिता कर्मलाई सबै पत्रकारले इमान्दारपूर्वक निभाउनुपर्नेमा जोड दिए । गिरीले महासंघको उचाई बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

May be an image of 13 people and people studying

कार्यक्रममा नेपाल प्रेस युनियनका नेता एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले महासंघको गरिमा र महिमा बढाउने गरी काम गर्न नवनिर्वाचित टिमलाई सुझाब दिए । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । कार्यक्रममा उपसभापति कृष्णबहादुर कार्की, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेनुसिंह ठाकुर, प्रबक्ता डिल्ली गिरी, नेतृ उमा थापा मगर लगायतको उपस्थिति थियो । 

May be an image of 14 people, people studying, table and textMay be an image of 11 people, crowd and treeMay be an image of 6 people and people studying


प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP