नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्यालेस्टाइनमा भइरहेको जनसंहारविरुद्ध विभिन्न दलहरुको ऐक्यबद्धता
प्यालेस्टाइनमा भइरहेको जनसंहारविरुद्ध विभिन्न दलहरुको ऐक्यबद्धता
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ३, २०८१ बागेश्वरी पोस्ट
प्यालेस्टाइनमा भइरहेको जनसंहारविरुद्ध विभिन्न दलहरुको ऐक्यबद्धता

नेपालगञ्ज । विभिन्न राजनीतिक दलहरुले प्यालेस्टाइनमाथि इजरायलले निरन्तर हमला गरिरहेको भन्दै त्यसको भत्सर्ना गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँकेको संयोजन र अग्रसरतामा बसेको विभिन्न राजनीतिक दलहरुको संयुक्त बैठकले इजरायलले प्यालेस्टाइनी जनतामाथि गरेको आक्रमण र दमनको कडा भर्त्सना गर्दै प्यालेस्टाइनी जनताको न्यायपूर्ण संघर्षमा ऐक्यबद्धता व्यक्त गर्ने निर्णय गरेको छ । उक्त न्यायपूर्ण संघर्षमा ऐक्यबद्धता जनाउँदै आगामी पौष ७ गतेदेखि प्यालेस्टाइनी जनताको जनसंहारका विरुद्ध जिल्लाका विभिन्न स्थानमा हस्ताक्षर संकलन र विरोधको कार्यक्रम गर्ने निर्णय गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ६ नम्बर प्रदेश संयोजक दिपक शाहीले बताए । 

नेपालगञ्जको धम्बोझी, त्रिभुवन चोक, पुष्पलाल चोक, कोहलपुर चौराह, खजुरा, राप्तीसोनारी लगायतका स्थानमा हस्ताक्षर संकलन र विरोधको कार्यक्रम गर्ने तय भएको बताइएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बाँके जिल्ला सेक्रेटरी गुणनिधि आचार्यको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा (मसाल), नेकपा, नेकपा एस, वैज्ञानिक समाजवादी पार्टी, जसपा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा (राजमो) लगायत पार्टीका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । वैठकमा पूर्व उपसभामुख तथा माओवादी केन्द्रका बाँके जिल्ला इन्चार्ज पुर्णा सुवेदी, राजमोका नेता कृष्ण पाण्डे, क्रान्तिकारी कम्युनिष्ट पार्टीका ६ नम्बर प्रदेश संयोजक दिपक शाही लगायतको उपस्थिति थियो । 

गत २०८० साल असोज २० गते तदनुसार २०२३ अक्टोबर ०७ तारिखदेखि शुरु भएको हमास र इजायलका बीचमा  चलेको युद्ध निरन्तर कायम रहेको छ । शुरुवातमा हमासद्वारा इजरायलको विरुद्ध आक्रमण गरिएको भएता पनि  त्यसपछि इजरायलले पालेस्टाइनी राज्यको एक क्षेत्र गाजापट्टीमा व्यापक सैन्य कारवाही चलाएर जनसंहार गरिरहेको भन्दै विभिन्न राजनीतिक दलहरुले भत्सर्ना गरेका हुन् ।  


प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP