नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियनद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन
प्रेस युनियनद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ५, २०८१ बागेश्वरी पोस्ट
प्रेस युनियनद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारी, सदस्य एवम् पार्षदलाई बधाई ज्ञापन गरेको छ । नेपालगञ्जमा आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके अध्यक्ष नवीन गिरी लगायत युनियनबाट उम्मेदवार भई विजयी हासिल गरेका प्रदेश तथा जिल्लाका पदाधिकारी, सदस्य र केन्द्रिय एवम् प्रदेश पार्षदलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । बधाई तथा शुभकामना कार्यक्रम प्रेस युनियनका बाँके अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यता तथा प्रेस युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रेम केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

No description available.

कार्यक्रममा बोल्दै सभापति गौडेलले पत्रकार महासंघको छबि उजिल्याउने गरी काम गर्न आग्रह गरे । उनले पत्रकारिता क्षेत्र बलियो र मजबुत भए मात्र समाज बलियो हुने भन्दै निर्भिक भएर काम गर्न सुझाब दिए । गौडेलले युनियन नेतृत्वको महासंघले राम्रो काम गर्ने विश्वास ब्यक्त गरे । युनियनका बरिष्ठ उपाध्यक्ष केसीले युनियनको शाख बढाउने गरी महासंघमा काम गर्न नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई आग्रह गरे । उनले संगठनमा बसेर अनुशासनहिन काम गर्ने विरुद्ध कडारुपमा प्रस्तुत हुने चेतावनी समेत दिए ।

युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसीले नवनिर्वाचित कार्यसमितिले पत्रकार र मिडियाका पक्षमा राम्रो काम गर्ने विश्वास ब्यक्त गरे । बरिष्ठ पत्रकार एवम् युनियनका अग्रज नेता निरज गौतमले अहिलेको कार्यसमितिबाट सबैले राम्रो कामको अपेक्षा गरेकाले संयमित र निर्धक्क भएर कार्य सम्पादन गर्न आग्रह गरे । पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले पत्रकार महासंघलाई गतिशील बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । बाँके अध्यक्ष गिरीले बाँके शाखालाई नमुनायोग्य बनाउन दृढ इच्छाशक्तिका साथ अविचलित ढंगले काम गर्ने बताए । बाँके शाखालाई पत्रकारहरुको साझा मन्दिरका रुपमा विकास गर्ने उनको कथन छ ।

प्रेस युनियन बाँके अध्यक्ष ढकालले युनियनको तर्फबाट महासंघ प्रतिनिधित्व गरेका पदाधिकारी एवम् सदस्यलाई उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरे । त्यस क्रममा प्रेस युनियन लुम्बिनी प्रदेश सचिवालय सदस्य गौरब गिरी, युनियनकी पूर्व केन्द्रिय सदस्य उमा थापा मगर, अग्रज नेता रुपन ज्ञवाली, अकोराब केन्द्रिय सदस्य मो. आरिफ अन्सारी लगायतको उपस्थिति थियो । शाखा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य विक्रम बुढा क्षेत्रीले गरेका थिए । 

 


प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP