नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक सद्भावसम्बन्धि तालिम समापन
सामाजिक सद्भावसम्बन्धि तालिम समापन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ६, २०८१ बागेश्वरी पोस्ट
सामाजिक सद्भावसम्बन्धि तालिम समापन

नेपालगञ्ज । अन्तर धार्मिक युवा समितिका पदाधिकारीहरुका लागि आयोजित तीन दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । नाइस नेपालगञ्जले युएसएड नागरिक समाज र सञ्चार कार्यक्रमको सहकार्यमा सामाजिक सद्भावका लागि सँगै परियोजना अन्तरगत आयोजना गरेको तालिम आज सम्पन्न भएको हो ।  

नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा रहेको अन्तर धार्मिक युवा समितिका २४ जना पदाधिकारीहरुको सहभागितामा सञ्चालित तालिममा सामाजिक सद्भाव, नेतृत्व विकास र समुदाय परिचालनका विभिन्न बिषयमा प्रशिक्षक नमस्कार शाह, हरिप्रसाद सुवेदी र आशिष बर्माले सहजीकरण गरेका थिए भने तालिममा सामाजिक सद्भावका लागि सम्बाद समूह बाँकेका संयोजक शुक्रऋषि चौलागाईले संवाद समूह बाँकेले गरिरहेका क्रियाकलाप र उपलब्धिका बारेमा अनुभव आदानप्रदान गरेका थिए ।

तालिमको अन्तिम दिन आज सहभागीहरुले पालिका स्तरीय कार्ययोजना तयार गरेका छन् । सामाजिक सद्भावका लागि युवाहरुको पहल, सहकार्य, समन्वयमा विभिन्न अभियान सञ्चालन गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने तथा विभिन्न धार्मिक पर्बहरुको अवसरमा सद्भाव प्रबद्र्धनका लागि मिलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । 

तालिमको समापनमा नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टले तीन दिनसम्म सञ्चालन भएको क्षमता अभिबृद्धि तालिमले युवा समितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धिसँगै सामाजिक सद्भावका बिषयमा थप ज्ञान हासिल हुने विश्वास ब्यक्त गरे । उनले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागू गर्न सबै सहभागीहरुलाई आग्रह गरे । समापनमा प्रतिक्रिया मन्तब्य राख्दै सहभागी अन्जना चतुर्बेदीले तालिमबाट धेरै नयाँ कुराको जानकारी हासिल भएको बताइन् । उनले तालिमबाट सिकेको कुरालाई समितिमार्फत सद्भाव प्रबद्र्धनमा लागू गर्ने प्रतिबद्धता गरिन् । यसैगरी अर्का सहभागी श्रीराम पालले तालिम निकै उपयोगी भएको र तालिमले आत्मविश्वास तथा काम गर्ने हौसला थपेको बताए । 

तालिममा द एसिया फाउण्डेसनका कार्यक्रम निर्देशक अजय दास, उपप्रमुख प्रिती थापा, द एसिया फाउण्डेसनका इन्द्र टमाटा, नाइसका अध्यक्ष भट्ट लगायत पदाधिकारीको उपस्थिति रहेको थियो । तालिमको समापन नाइसका परियोजना प्रबन्धक जोशिना थारुले गरेकी थिइन् । नाइसले नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा सामाजिक सद्भावका लागि सँगै परियोजना सञ्चालन गरिरहेको छ । 


प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP