prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव बेचबिखन रोकथामका लागि सबै पक्ष गम्भीर र संवेदनशिल बन्नुपर्नेमा जोड
मानव बेचबिखन रोकथामका लागि सबै पक्ष गम्भीर र संवेदनशिल बन्नुपर्नेमा जोड
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १२, २०८१ बागेश्वरी पोस्ट
मानव बेचबिखन रोकथामका लागि सबै पक्ष गम्भीर र संवेदनशिल बन्नुपर्नेमा जोड

नेपालगञ्ज । मानव बेचबिखन रोकथामका लागि सबै पक्ष गम्भीर र संवेदनशिल बन्नुपर्नेमा जोड दिइएको छ । 

माइती नेपाल नेपालगञ्जद्वारा आज आयोजित 'मानव बेचबिखनविरुद्ध अन्तर सीमा कार्यशाला गोष्ठी' मा सहभागीहरुले सरकारी तथा गैरसरकारी निकायका बीचमा प्रभावकारी संयन्त्र बनाएर रोकथाम, उद्दार र पुनर्मिलनको काम गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यशालाको उद्घाटन गरेका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले तीन तहका सरकार गम्भीर भएर मानव बेचबिखन रोकथाममा प्रभावकारी काम गर्नुपर्ने बताए । उनले सरकार, बेचविखन विरुद्ध क्रियाशील संघसंस्था र भारतीय अधिकारीहरुले समन्वय गरेर यस्तो आपराधिक कार्य विरुद्ध सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यशालाको अध्यक्षता ग्रहण गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव बेचबिखन रोकथामको मुद्दालाई दुई देशका सुरक्षा अधिकारीको बैठकमा पनि उठाउने गरेको र आफूहरुका बीचमा समन्वय भइरहेको बताए ।

माइती नेपालका निर्देशक विश्वराम खड्काले आर्थिक विपन्नता र अभावको फाइदा उठाउँदै बैदेशिक रोजगारीको प्रलोभनमा पारी मानव बेचबिखन भइरहेको बताए । उनले एक तथ्यांक प्रस्तुत गर्दै पछिल्लो २ वर्षमा ४० हजार ३ सय जना बेचबिखनमा परेको तथा २६ हजार ५ सयको नाकाबाट उद्दार गरिएको जानकारी समेत दिए । कार्यक्रममा मानव सेवा संस्थान गोरखपुरका मोहम्मद समुनले पनि प्रस्तुतिकरण गर्दै दुई देशका बीचमा संयन्त्र बन्दा काम गर्न सहज हुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई लगायतले मानव बेचविखनविरुद्ध सबैको सहकार्य र समन्वयमा जोड दिए । माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले दुई देशका सरकारी तथा गैरसरकारी संघसंस्थाका अधिकारीले मानव बेचबिखन रोक्न प्रभावकारी संयन्त्र बनाउने र त्यसले समन्वय, सूचना आदान प्रदान, उद्दारमा काम गर्ने बताए । कार्यक्रममा मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । 
 


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP