नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अपांगता भएका ब्यक्तिको 'यौन तथा प्रजनन स्वास्थ्य अधिकार' संरक्षणमा जोड
अपांगता भएका ब्यक्तिको 'यौन तथा प्रजनन स्वास्थ्य अधिकार' संरक्षणमा जोड
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १५, २०८१ बागेश्वरी पोस्ट
अपांगता भएका ब्यक्तिको 'यौन तथा प्रजनन स्वास्थ्य अधिकार' संरक्षणमा जोड

नेपालगञ्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले अपांगता भएका व्यक्तिहरुको समावेशीकरण र मूल प्रवाहीकरणका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । नेपाल परिवार नियोजन संघ बाँकेको आयोजनामा आज नेपालगञ्जमा आयोजित 'अपांगता भएका ब्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि प्रदेश स्तरीय कार्यशाला गोष्ठी' लाई सम्बोधन गर्दै मन्त्री अग्रवालले अपांगताका भएका ब्यक्तिले अन्य ब्यक्ति सरह पाउनुपर्ने मानव अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनीहरुको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार संवेदनशील रहेको अग्रवालले बताए । 

May be an image of 7 people, dais and text

अपांगमैत्री कानुन निर्माणका लागि पनि प्रदेश सरकार तयार रहेको उनको भनाई छ । मानव अधिकारका मापदण्ड अनुसार हरेक अपांगता भएका ब्यक्तिको यौन र प्रजनन स्वास्थ्य अधिकारको इज्जत, संरक्षण र पूर्ति आवश्यक रहेको मन्त्री अग्रवालले बताए । नेपाल परिवार नियोजन संघ बाँकेका अध्यक्ष बद्रुददुजा खानको अध्यक्षतामा सम्पन्न कार्यशाला गोेष्ठीमा डेक नेपालका कार्यक्रम प्रमुख जीवन गिरीले प्रस्तुतिकरण गरेका थिए । उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् सांसद बादशाह कुर्मी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी लगायतले अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अधिकार संरक्षण र संबद्र्धनका लागि सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । नेपाल परिवार नियोजन संघ बाँकेका सदस्य एवम् कानुनी विज्ञ अधिबक्ता इश्वरीप्रसाद ज्ञवालीले स्वगत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन पत्रकार ओबिराज आचार्यले गरेका थिए । 

अपांगता भएका व्यक्तिले पनि अपांगता नभएका मानिसहरू जस्तै आफ्नो शरीर, यौन सम्बन्ध, यौनिकता र यौन स्वास्थ्यका बारेमा जानकारी प्राप्त गर्ने र आवश्यकता अनुसार गुणस्तरीय सेवा लिन पाउने अधिकार संविधान तथा अन्य नीतिगत तथा कानुनीरुपमा सुरक्षित रहेकाले त्यसको पैरबी र व्यबहारिक कार्यान्वयनका लागि अन्तरक्रिया गरिएको नेपाल परिवार नियोजन संघ बाँकेका शाखा प्रबन्धक रश्मी श्रेष्ठले बताइन् । 

May be an image of 7 people, people studying, table and textMay be an image of 7 people, dais and text


प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP