Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यसमितिलाई बाँकेमा स्वागत
पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यसमितिलाई बाँकेमा स्वागत
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १६, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यसमितिलाई बाँकेमा स्वागत

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई बाँकेमा स्वागत गरिएको छ । गत मंसिर २८ गते सम्पन्न भएको निर्वाचनबाट शुक्रऋषि चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।नेपाल पत्रकार महासंघ बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको स्वागत, बधाई एवम् साक्षात्कार कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरिएको हो । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमिति तथा प्रदेश समितिका पदाधिकारी एवम् सदस्यलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

नवनिर्वाचित प्रदेश अध्यक्ष चौलागाईले प्रदेश कार्यसमितिलाई क्रियाशील र चलायमान बनाउँदै पत्रकार हकहित, व्यवसायिक सुरक्षा र मिडिया विकासका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफूहरुलाई निर्वाचित गराएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे । उनले महासंघको सदस्यता विवादलाई अब नयाँ ढंगबाट समाधान गरिने बताए । चौलागाईले पत्रकारहरुका लागि समयसापेक्ष र आवश्यकता अनुसारका तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने गरी प्रदेश कार्यसमिति अघि बढ्ने बताए ।

महासंघ बाँकेका अध्यक्ष गिरीले प्रदेश समितिसँग सहकार्य र समन्वय गरेर काम गरिने बताए । उनले पत्रकारिता पेशालाई मर्यादित र अनुशासित बनाउन आवश्यक रहेकोमा जोड दिँदै अनिवार्यरुपमा नियमित सञ्चार कर्म गर्न महासंघ आबद्ध सदस्यहरुलाई आग्रह गरे । गिरीले बाँकेका स्थानीय सरकारलाई प्रेस स्वतन्त्रतामैत्री मिडिया नीति बनाई लागू गर्न ध्यानाकर्षण गर्दै पत्रकार र सञ्चार क्षेत्रको बृत्ति विकासमा ध्यान दिन आग्रह गरे ।

May be an image of 11 people, motorcycle and text

पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम थारुले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु, विभिन्न आस्थागत संगठनका अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

बाँके आएको प्रदेशको टोलीमा अध्यक्ष चौलागाई, उपाध्यक्षद्वय रामप्रसाद आचार्य र मिना ढकाल, महासचिव पाण्डब प्रसाद शर्मा, सचिवद्वय गोविन्द शर्मा र सरला सुवेदी, कोषाध्यक्ष प्रेम नारायण आचार्य तथा सदस्यहरु निर्मल आचार्य र सीता पाण्डे थिए । उनीहरुलाई अध्यक्ष गिरीले नेपालगञ्ज-४ सञ्चारग्राम (बसपार्क) स्थित महासंघ कार्यालयमा खादा लगाई स्वागत गरेका थिए ।  

May be an image of 4 people and text

 

May be an image of 4 people, people studying and text


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP