prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश सुशासन ऐनको उत्तर-विधायिकी परीक्षणका लागि सार्वजनिक सुनुवाई
प्रदेश सुशासन ऐनको उत्तर-विधायिकी परीक्षणका लागि सार्वजनिक सुनुवाई
banijya office
बागेश्वरी पोस्ट
शनिबार, पुस २०, २०८१ बागेश्वरी पोस्ट
प्रदेश सुशासन ऐनको उत्तर-विधायिकी परीक्षणका लागि सार्वजनिक सुनुवाई

नेपालगञ्ज । लुम्बिनी प्रदेशसभा अन्तर्गत प्रदेश मामिला तथा कानुन समितिले उत्तर विधायिकी परीक्षणको अभ्यास थालेको छ । कानुन कार्यान्वयनको अवस्था, विधायिकी मनसाय अनुसार कार्यान्वयन भए वा नभएको, त्यसको आवश्यकता र उद्देश्य हासिल हुन सके वा नसकेको अध्ययन गर्न उत्तर-विधायिकी परीक्षण गर्न थालिएको हो ।

समितिले आज नेपालगञ्जमा लुम्बिनी प्रदेश सुशासन ऐन २०७६ को कार्यान्वयन र प्रभावकारिता मूल्यांकनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । कानुन कार्यान्वयनको समीक्षा र आवश्यक पृष्ठपोषणका लागि सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको समिति सभापति दिल कुमारी बुढाले बताइन् । "संसदबाट कानुन पारित भएर मात्र हुँदैन । ती कानुनहरुको कार्यान्वयन भएको छ कि छैन, तिनले अपेक्षित परिणाम दिएका छन् कि छैनन् भन्ने परीक्षण गर्न जरुरी हुन्छ, त्यसका लागि परामर्श गर्न हामी छलफलमा जुटेका हौं," समिति सदस्य भोजप्रसाद श्रेष्ठले भने, "कार्यान्वयनमा गइसकेका कानुनका बारेमा 'अडिट' जरुरी छ ।"

कार्यक्रममा सहभागीहरुले सार्वजनिक सेवा प्रवाहमा सुशासनको अवस्था निकै दयनीय भएको भन्दै सुशासन ऐनको प्रभावकारी कायान्वयनमा जोड दिए । नागरिक समाज, कानुन ब्यवसायी, पत्रकार लगायत विभिन्न पेशागत संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिले ऐनको कार्यान्वयन परीक्षण गर्न प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए । त्यसक्रममा प्रदेश मातहतका विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिले आ-आफ्ना कार्यालयको कामको प्रकृति र उठेका सवालहरुको जवाफ दिएका थिए । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् नागरिक समाज संयोजक कृष्ण प्रसाद श्रेष्ठ, उच्च अदालत बार एसोसिएसन नेपालगन्जका निवर्तमान अध्यक्ष एवम् अधिबक्ता विकास आचार्य, बासका कार्यकारी निर्देशक नमस्कार शाह, सहयोगी मन बाँकेकी इन्दिरा शाही, यातायात व्यवसायी विनोद रिजाल, पत्रकारहरु विरेन्द्र जैसी, टेकेन्द्र बस्याल लगायतले सुशासन ऐनको कार्यान्वयन अवस्था र प्रभावकारिताबारे धारणा राखेका थिए ।

nepalgunj 081-082

सार्वजनिक सुनुवाई कार्यक्रममा समिति सदस्य रत्न खत्री, निमा गिरी, अम्बिका काफ्ले, प्रदेश सभा सदस्य बादसाह कुर्मी, कानुन विज्ञ पर्शुराम मेघी गुरुंग लगायतले सुशासन ऐन र उत्तर विधायिकी परीक्षणको उद्देश्यबारे बोलेका थिए । त्यसक्रममा समिति सदस्यहरु इन्द्रकुमारी गहतराज, जमुना ढकाल, भुवनेश्वर चौधरी, राजकुमार चौधरी, सुशिला बादी तथा प्रदेशसभा सदस्य दुर्गा प्रसाद चौधरी उपस्थित थिए ।

May be an image of ‎1 person, dais and ‎text that says '‎लविवजी उत्तर- -विधायिकी प्रदेश सुशासव ऐन ၁၀၀၆ को परीक्षण गर्ण आयोजिित लुबिवळी प्रटेश कार्यवन्वरन प्रभवकारितळो बूल्याइकत सावजनिक ၃၀၄ ၁၀ सेवालरज सुनुवाई कारयक्रम सार्वजनिक स उत्तर उत्तर-विध्र विध कार्मान्वयन पमाরका พกล ၁၀၀ तमिरि : प्रदेव सामिला কया कामूब सामिति เล์ 。 రకాಗಿ ی‎'‎‎

May be an image of 1 person, dais and textMay be an image of 7 people, dais and text


प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  २०:३६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP