नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २१, २०८१ बागेश्वरी पोस्ट
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

नेपालगन्ज । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं.१  बाँकेले वीपी मार्गमा पदयात्रा गर्ने भएको छ । कोहलपुरको खड्कवार हुँदै सल्यान घुइँयावारी जोड्ने उक्त सडकको जननिर्वाचित प्रधानमन्त्री स्व. वीपी कोइरालाले शिलान्यासको तयारी गरेका थिए । र, तत्कालीन अवस्थामै बजेट समेत विनियोजन गरेका थिए । खड्कवार–घुइयावारी, दाङ–सल्यान, बुटवल–पाल्पा, धनकुटा–हिले सडक निर्माणका लागि बजेट विनियोजन गर्दै शिलान्यासको तयारी गरेका थिए । संसदमा समेत उनले ती सडक निर्माण गर्ने गरी तयारी गरिएको जानकारी समेत दिएका थिए । 

तर, राजा महेन्द्रले वि.सं. २०१७ साल पुस १ गते ‘कु’ गरेसँगै सडक निर्माणको काम अलपत्र परेको हो । खड्कवार–घुइयावारी सडकका लागि विनियोजित बजेटले बबई-छिन्छु- सुर्खेत सडक निर्माण भयो । तर, अहिलेसम्म कोहलपुरको खड्कवार हुँदै सल्यान घुइँयावारी जोड्ने उक्त सडक निर्माणले पूर्णता पाउन सकेको छैन । यो सडक सल्यान कोहलपुर आउजाउका लागि निकै चलनचल्तीको मानिन्छ । सल्यानबाट कोहलपुर–नेपालगन्ज झर्नु प¥यो भने अधिकांश मानिसहरुले यही खण्डलाई प्रयोग गर्थे । यो दूरीका हिसाबले पनि अत्यन्तै छोटो छ । खड्कवार हुँदै सल्यान घुइँयावारी पुग्न २० किलोमिटर भन्दा कम छ । वीपी कोइरालाको परिकल्पना र आवश्यकता समेत रहेको उक्त सडक निर्माणमा दवाव दिन वीपी मार्गमा पदयात्रा गर्न लागिएको क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए ।

"पार्टीका संस्थापक नेता बीपी कोइराला लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ का रुपमा मनाउने गरिन्छ," केसीले भने–"त्यही सन्दर्भ पारेर वीपी मार्गमा पदयात्रा गर्न लागिएको हो ।" चालू आर्थिक वर्षका लागि यो सडक निर्माणका लागि बजेट समेत विनियोजन भएको छ । प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री भएका बेला बजेट विनियोजन भएको हो । विनियोजित बजेटलाई कार्यान्वयन गर्नका लागि दवाव स्वरुप पनि यो पदयात्रा गर्न लागिएको क्षेत्रीय सभापति केसीले बताए । 

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको एक सय दिने अभियानमा बाँकेमा खटिएका केन्द्रीय प्रतिनिधि काँग्रेस केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेको नेतृत्वमा करिव ३० जनाको टोली पदयात्रामा जाने केसीले बताए । मंगलवार विहान १० बजे खड्कवारमा विशेष कार्यक्रमको आयोजना गरी वीपी मार्गमा पदयात्रा सुरु गरिने क्षेत्रीय सभापति केसीले बताए ।    


प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP