prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बैजनाथमा दुई दर्जन बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश
बैजनाथमा दुई दर्जन बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २१, २०८१ बागेश्वरी पोस्ट
बैजनाथमा दुई दर्जन बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश

बैजनाथ (बाँके) । बाँकेको बैजनाथमा दुई दर्जन बढी स्थानीय एमाले कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसको बिचार, नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस बैजनाथ-४ का कोषाध्यक्ष अमर बिसीको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाँकेका युवा नेता महासमिति सदस्य  मेघराज ओलीले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए ।  

महासमिति सदस्य ओलीले नेपाली जनताको स्वतन्त्रताका लागि बलिदानीपूर्ण संघर्षको सुनौलो इतिहास रचना गर्न सफल भएको बताउँदै नेपाली कांग्रेसप्रति जनताको अविरल बिश्वास कायमै रहेको बताए । ओलीले मुलुकमा जतिसुकै दलहरू खोलिए पनि लोकतान्त्रिक आन्दोलनको मियो दल कांग्रेस बिना उन्नतशील लोकतन्त्रको संस्थागत विकास र नागरिक समृद्धिको सपना साकार नहुने दाबी गरे । 

नेपाली कांग्रेस ३ (क) का सभापति केशव शाहले बाँकेका जनताको आर्थिक स्तर सुदृढ बनाउन सक्ने सिक्टा सिंचाई आयोजना र बबई डाइभर्सन आयोजना सफल बानाउन कांग्रेस लामो समयदेखि लागिरपरेको बताए । वडा नम्बर ४ का अध्यक्ष समेत रहेका क्षेत्रीय सदस्य प्रेमबहादुर शाहीले वडाको विकासमा आफूहरु कहिँकतै आग्रही- पूर्वाग्रही नबनेको उल्लेख गर्दै जनताको आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर भौतिक पूर्बाधार लगायत अन्य सेवाहरु प्रवाह गरेको दाबी गरे । 

नेपाली कांग्रेस ४ का युवा नेता कुलबहादुर ओलीले संचालन गरेको पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय सचीव ज्ञान बहादुर ओली, बैजनाथ सभापति देब बहादुर केसी  लगायतले नबप्रवेशीहरुलाई पार्टीमा अबिर लगाएर स्वागत गरेका थिए ।

कोषाध्यक्ष बिसीका अनुसार नेकपा एमाले परित्याग गर्नेहरूमा शेरबहादुर ओली, बिनोद थापा, मान बहादुर बुढा, प्रदीप बुढा, नरेन्द्र धिताल, ज्वाला उपाध्याय, मनिशा बिसी, रामकुमारी रोकाय, रेशमी बुढा, रोयन रोकाय, कृष्ण रावल, नवीन शाही, राजकली रोकाय, पदमी बुढा, राम कुमारी रोकाय, यशोदा थापा, बर्क्षम बुढा, भिम बहादुर बुढा लगायत दुई दर्जन बढी रहेका छन् ।


प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP